एमसिसी राम्रो रहेछ भनेर जनताले अहिले आएर बुझेका छन् : शेरबहादुर देउवा

एमसिसी राम्रो रहेछ भनेर जनताले अहिले आएर बुझेका छन् : शेरबहादुर देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले राम्रो भएको कुरा जनताले अहिले आएर बुझेको बताएका छन्।

 

 

बुधवार कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा उनले यस्तो बताएका हुन्।

एमसिसी पास गराउन पनि धेरै गाह्रो भएको स्मरण गर्दै उनले अहिले सर्वसाधारणले सही रहेछ भन्ने कुरा बुझेको बताए। उनले पास गराउने बेलामा धेरै ठूलो विरोध भए पनि अहिले आएर साँच्चिकै राम्रो रहेछ भनेर सबैले थाहा पाएको बताए।

उनले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको भन्दै व्यापार व्यापारीले र उद्योग उद्योगपतिले नै खोल्ने बताए।

‘एकपटक एमसीसी पास गर्ने बेलामा, एमसिसी सहीछाप गर्ने बेलामा धेरै ठूलो विरोध भयो। पार्ल्यामेण्टबाट पास गराउन पनि धेरै गाह्रो भयो‚’ सभापति देउवाले भने, ‘अहिले सबैलाई थाहा भयो कि त्यो साँच्चिकै राम्रो रहेछ भनेर। यसले नेपाललाई फाइदै गरेको छ, हानि गरेको छैन भनेर। यो ग्राण्टमा आएको हो, ऋणमा आएको होइन। त्यसले अहिले फाइदा गरिरहेको छ भन्ने कुरा सबैले देखे।’

सभापति देउवाले कुनै देशको ऋण लिँदा पनि ऋणको भारमा नपर्नेगरी लिनुपर्ने बताए।

प्रकाशित मिति : बुधबार, माघ ९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij