गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्न अध्यादेश ल्याइएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको दावी

गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्न अध्यादेश ल्याइएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको दावी

काठमाडौँ , उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्न अध्यादेश ल्याइएको दावी गरेका छन्।

बिहीवार काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले समयको अभाव र काम गर्नैपर्ने दबाबका कारण अध्यादेश ल्याइएको बताए।

उनले मुलुकको अर्थतन्त्र केही समय अघिदेखि दबाब र चापमा रहँदै आएको उल्लेख गर्दै अर्थतन्त्रका समस्याहरुलाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोशिस गरिरहेको बताए।

उनले समग्र अर्थतन्त्रलाई गतिशील, चलायमान बनाउने र उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा तीव्रताका साथ सरकार लागिरहेको बताए।

उनले अहिलेको सरकारले कुनै औसत काम गरेर एउटा सरकारको सूचीमा अर्को एउटा सरकार भएर दिन बिताउने पक्षमा नरहेको बताए।

उनले अर्थतन्त्रका समस्याहरुको प्रभावकारी समाधान गर्ने पक्षमा सरकार रहेको बताए। आन्तरिक र वाह्य लगानी अभिवृद्धि गर्ने, उत्पादन, उत्पादकत्व वृद्धि गर्न अध्यादेश ल्याइएको दावी गरे।

‘हाम्रो मुलुकको अर्थतन्त्र केही समय अघिदेखि दबाब र चापमा रहँदै आएको छ। हामीले अर्थतन्त्रका समस्याहरुलाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोशिस गरिरहेका छौँ‚’ उनले भने‚ ‘साँच्चै नै समग्र अर्थतन्त्रलाई गतिशील बनाउने, चलायमान बनाउने, उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा हामी तीव्र गतिमा अघि बढ्न चाहन्छौँ। छोटो अवधिमा दूरगामी महत्वका उपलब्धिहरु आर्जन गर्न चाहन्छौँ। हामीले यसबीच २९ वटा ऐनहरुमा अध्यादेशका माध्यमबाट संशोधन गरेका छौँ।

प्रकाशित मिति : बिहिबार, माघ १० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij