बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको काम सुरु

बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको काम सुरु

बुटवल-गोरूसिङ्गे सडक गुणस्तरीय रूपमा र समयमै सम्पन्न गर्न आग्रह

बुटवल -बुटवल-गोरूसिङ्गे सडक चार लेनमा बिस्तारको काम आज शुक्रबारदेखि सुरु भएको छ । बुटवलदेखि गोरूसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन् ।

पहिलो चरणमा बुटवलदेखि गोरूसिङ्गेसम्मको सडक निर्माण भएपछि दोस्रो चरणमा गोरूसिंगेबाट चन्द्रौटासम्मको १९ किलोमिटर सडक निर्माणको काम अगाडि बढाइने छ । सडक शिलान्यासको क्रममा प्रधानमन्त्री ओलीले आजको दिन पाल्पा र रूपन्देहीको लागि मात्र नभएर देशकै महत्वपूर्ण र ऐतिहासिक दिनको रूपमा रहेको बताए । प्रधानमन्त्री ओलीले नेपाल सडकमार्ग मात्र नभएर सुरूङमार्गको युगमा प्रवेश गरिसकेको बताए । प्रधानमन्त्री ओलीले अब नेपाल दुर्गमबाट सुगम बन्दै गएको बताए। प्रधानमन्त्री ओलीले कसैको हल्लाको पछाडि नलागी मुलुकको विकासमा लाग्न सबैलाई आग्रह ग रे।

उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले यातायात क्षेत्र विकासको प्रमुख आधार भएकोले सरकारले सडक निर्माणलाई प्राथमिकता दिएर अगाडि बढाएको बताए।

उनले राजनीतिक अस्थिरताको कारण नेपालका विकास आयोजना समयमा सम्पन्न नहुने गरेको कारण राष्ट्रिय राजनीतिको आवश्यकताले वर्तमान सरकार गठन भएको बताए।

मन्त्री सिंहले आज ब्रेक थ्रु भएको सिद्धबाबा सुरूङमार्ग र बुटवल गोरूसिंगे सडक गुणस्तरीय रूपमा र समयमै सम्पन्न गर्न आग्रह गरे।

त्यस्तै उनले अहिलेको सरकारको मुख्य प्राथमिकता विकास निर्माण र समृद्धि रहेको बताए। राजनीति अस्थिर हुँदा विकास निर्माणका कामले गति लिन नसक्ने भन्दै अहिले राजनीतिक स्थिरताका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बुटवलदेखि गोरूसिङ्गेसम्मको सडक निर्माणमा कुनै पनि ढिलाइ नगरी निर्माण गर्न निर्माण व्यवसायलाई आग्रह गरे । उनले बुटवल-नारायणगढ सडकबाट पाठ सिकेर त्यस्तो गल्ती नदोहोर्‍याउने गरी निर्माण गर्न आग्रह गरे। गुणस्तरमा कुनै पनि कमजोरी नगरी लागत र समय नबढाई सडक निर्माण गर्न उनले आग्रह गरे । ‘कतिपय आयोजना समयमा बन्न नसक्दा खुसीभन्दा पीडा भइरहेको छ, यो आयोजनाले पीडा नभई खुसी दिनुपर्ने छ,’ उनले भने ।

प्रकाशित मिति : शुक्रबार, माघ ११ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij