JanataToday.com

Advertisment

SKIP THIS

पाल्पाका ३४ विद्यार्थी एसइई परीक्षा दिनबाट बञ्चित

पाल्पाका ३४ विद्यार्थी एसइई परीक्षा दिनबाट बञ्चित

पाल्पा । आगामी चैत १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा (एसइई) पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ ।

विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट बञ्चित हुनुपरेको हो । शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाकाअनुसार माध्यमिक शिक्षा परीक्षामा पाँच हजार ३८ सहभागी हुनेछन् ।

नियमिततर्फ छात्र दुई हजार ३७५, छात्रा दुई ५६१ जम्मा चार हजार ९३६ र पूरक ग्रेड वृद्धितर्फका पुराना ३५, नयाँ ६७ गरी जम्मा १०२ कूल पाँच हजार ३८ सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले जानकारी दिए ।

परीक्षामा सहभागी हुने विद्यालय सङ्ख्या १३२ रहेका छन् । जसअन्तर्गत सामुदायिक १११, संस्थागत २०, खुला विद्यालय एक रहेका छन् । पाल्पा जिल्लाका २६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने सूचना अधिकारी सुेवदीले बताए ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij