उद्योग र अर्थतन्त्रमा तत्काल उपलब्ध हुनुपर्ने सुविधाहरु प्रदान गर्न अध्यादेश आएको हो : काँग्रेस उपसभापति खड्का

उद्योग र अर्थतन्त्रमा तत्काल उपलब्ध हुनुपर्ने सुविधाहरु प्रदान गर्न अध्यादेश आएको हो : काँग्रेस उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पर्याप्त गृहकार्य गरेर सरकारले अध्यादेश ल्याएको बताउनुभएको छ ।

अध्यादेश ल्याउनुमा कांग्रेसको टिमबाट प्रतिनिधित्व गर्ने नेताहरुले निकै गृहकार्य गरेको र विज्ञहरुबाट परामर्श तथा सुझाब समेत लिएको जानकारी उहाँले दिनुभयो ।

पार्टी निकट पूर्वआप्रवासी समन्वय अभियानको लुम्बिनी प्रदेश स्तरिय भेलामा  खड्काले उद्योग र अर्थतन्त्रमा तत्काल उपलब्ध हुनुपर्ने सुविधाहरु प्रदान गर्न अध्यादेश आएको बताउनुभयो ।

खड्काले कांग्रेसमा पुरानो संस्कार र आत्मियता फर्काउन आवश्यक रहेको बताउनुभयो । अहिलेको समयको माग अनुसार देशको नेतृत्व र्ने अवसर कांग्रेसको जिम्मामा आएको उहाँको भनाइ छ ।

कांग्रेसको सरकारका पालामा भएका नीतिगत निर्णयले देशमा परिवर्तन भएको खड्काले बताउनुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले आप्रबासीहरु देशको अर्थतन्त्रको मेरुडण्ड भएको बताउनुभयो ।

उहाँले कांग्रेसको हरेक तहमा पूर्वआप्रबासीहरुको पनि प्रतिनिधित्व आवश्यक भएको उल्लेख गर्नुभयो । अर्का केन्द्रीय सदस्य मिनेन्द्र रिजालले आप्रवासीहरुको सिपलाई देश विकासमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य तथा आप्रवासी समन्वय विभाग प्रमुख दिनेश कोइरालाले मुलुक परिवर्तनको भूमिकामा आप्रवासीको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।

अभियान लुम्बिनीका संयोजक यदु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य निमा गिरि, कांग्रेस लुम्बिनीका कोषाध्यक्ष प्रकास राना, रुपन्देही जिल्ला अध्यक्ष रामकृष्ण खाँण लगायतले आ आफ्ना भनाइ राख्नुभएको थियो ।

 

प्रकाशित मिति : आइतबार, माघ १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij