न्युजिल्याण्डमा शुक्रबार बिहान भएको क्राइस्टचर्च आक्रमणमा ४० जनाको ज्यान गएको छ । न्युजिल्याण्डकी प्रधानमन्त्री जैसिन्डा आर्डर्नका अनुसार क्राइस्टचर्च हमलामा ४० जनाको ज्यान गएको हो ।
उनले यो घटनामा एक महिला समेत गरि चार जना पक्राउ परिसकेको जानकारी पनि दिएकी छन् ।
प्रधानमन्त्री आर्डर्नले भनेकि छन् ‘क्राइस्टचर्च यी पीडितहरुको घर थियो । धेरैले यहाँ जन्म लिएको नभएपनि न्युजिल्याण्ड उनीहरुको मन पर्ने देश थियो ।’
न्युजिल्याण्डकी प्रधानमन्त्री जैसिन्डा आर्डर्न
यसअघि प्रधानमन्त्री आर्डर्नले यो घटना न्युजिल्याण्डको इतिहासको सबैभन्दा कालो दिन रहेको बताएकी थिइन् ।
हमला भएको शहरमा अझै पनि खतरा समाप्त भइ नसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्