शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्न निर्देशिका स्वीकृत

शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्न निर्देशिका स्वीकृत

काठमाण्डौ , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्न निर्देशिका स्वीकृत गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नवजात शिशुको श्रवणशक्तिमा समस्या भएरनभएको परीक्षण अनिवार्य गर्ने गरी श्रवण स्क्रिनिङ्ग निर्देशिका–२०८१ स्वीकृत गर्नुभएको हो ।

निर्देशिका अनुसार अब सुत्केरी गराउने सबै अस्पताल तथा स्वास्थ्य संस्थाले प्रारम्भिक रूपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या भएरनभएको परीक्षण गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा . प्रकाश बुढाथोकीले बताउनुभयो ।

स्वास्थ्यकर्मीले श्रवणसम्बन्धी कुनै जानकारी अभिभावकबाट प्राप्त गरेमा जाँच गरी थप उपचार आवश्यक परेमा नाक, कान, घाँटी र अडियोलोजी सेवा भएको नजिकैको स्वास्थ्य संस्थामा पठाउनुपर्ने निर्देशिकामा उल्लेख छ । परीक्षण उपकरण विशिष्टीकृत अस्पतालमा विस्तार गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ ।

बालबालिकामा हुने ६० प्रतिशत बहिरोपन रोकथाम गर्न सकिने अध्ययनहरूले देखाएका छन् । यस आधारमा धेरैभन्दा धेरै बालबालिकाको समयमै उपचारका लागि पहिचान गर्न देशभर नवजातको जाँच आवश्यक भएकाले निर्देशिका निर्माण भएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताउनुभयो ।

प्रकाशित मिति : आइतबार, माघ १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij