काठमाडौँ ,
सत्ता पक्षका राजनीतिक दलहरूको बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको छ । बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ ।
सत्तापक्षमा हाल एमाले, कांग्रेस, जसपा, जसपा नेपाल, नाउपा र जनमत पार्टी रहेका छन् । माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।
प्रकाशित मिति : सोमबार, माघ १४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्