सरकारले संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने

सरकारले संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने

काठमाडौं

सरकारले संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा हिजो ९सोमवार० बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएका हुन्।

सरकारले ल्याएका अध्यादेशहरु संसदबाट फास्ट ट्रयाकमा पारित गर्दै छिटो कार्यान्वयनमा लैजाने निर्णयसमेत भएको उनले बताए। अध्यादेशहरु कार्यान्वयनका लागि आवश्यक नियमावली पनि तत्काल बनाउने निर्णय भएको उनले बताए।

उनका अनुसार शहीद सप्ताहको अन्तिम दिन बुधवार भएकाले सरकारको तर्फबाट शहीदगेटमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण हुने र माल्यार्पण गरिनेछ।

‘भोलि शहीद सप्ताहको अन्तिम दिन हो। त्यसकारण भोलि सरकारको तर्फबाट शहीद दिवस मनाइन्छ। भोलि प्रधानमन्त्रीसहित हामी सबै जना शहीदगेट गएर शहीदहरुप्रति श्रद्धाञ्जलि र माल्यार्पण हुन्छ‚’ उनले भने, ‘हिउँदे अधिवेशन माघ १८ गते शुरु हुँदै छ। यो अधिवेशनबाट हामीले राष्ट्रपतिबाट पारित भएका अध्यादेशहरुलाई संसदमा फास्ट ट्र्याकबाट संसदबाट पास गर्ने काम हुन्छ। ती अध्यादेश कार्यान्वयनका लागि नियमावलीहरु तदारुकताका साथ बनाउने निर्णय गरेका छौँ। अध्यादेश कार्यान्वयनमा जान्छन्।’

प्रकाशित मिति : मंगलबार, माघ १५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij