तिलोत्तमा-सिद्धार्थ इंग्लिस बोर्डिङ स्कूलमा जिल्लास्तरीय अन्तर मा वि चित्रकला प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
जिल्लाभरका विद्यालयबिच सुमधुर सम्बन्ध स्थापित गर्न तथा विद्यार्थीको अन्तर्निहित कला प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले एक दिने चित्रकला प्रतियोगिता आयोजना गरिएको हो ।
१८ विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा पामिर इन्टरनेसनल एकेडमीका राजन थापा प्रथम भएका छन् । त्यसैगरी न्यु इनभाइरन्मण्टका अभिक दिप मल्ल द्वितीय,लुम्बिनी वर्ल्डकि सोफि आले तृतीय र गार्गी एकेडमीकि दिब्सना कुमालले सान्त्वना स्थान हासिल गरिन्। विजयी विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामलाल श्रेष्ठ , नेपाल व्यवसायिक कलाकार सङ्घ रुपन्देहीका सल्लाहकार एच । बि । रम्तेल , कार्यक्रम संयोजक स् अमर क्षेत्री ले नगद , शिल्ड र प्रमाणपत्रद्वारा बिध्यार्थीहरुलाई पुरस्कृत गर्नु भएको थियो ।
विद्यालयका प्राचार्य यम बहादुर रानाको स्वागत मन्तव्य तथा विद्यालयका सह प्राचर्य रमेशप्रसाद बस्यालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
साथै विद्यालयले यहि माघ २३ गते जलवायु परिवर्तन समस्या र समाधान विषयक जिल्लास्तरीय अन्तर मा वि वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने वक्तृत्वकला प्रतियोगिता कार्यक्रमका संयोजक शिक्षक शंकर पौड्यालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : मंगलबार, माघ १५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्