बुटवल । गुल्मीे राताडाँडाका रायमाझी परिवारमा शोक माथी शोक परेको छ । ईस्मा गाउँपालिका वडा नम्वर–२ रातडाँडाका ३३ बर्षिय नीरबहादुर रायमाझी ( निराजन ) ले बाबुको मृत्यु भएको दुई महिना नपुग्दै बैदेशिक रोजगारका क्रममा ओमनमा आत्मा हत्या गरेका छन ।
ओमनको राजधानी मस्कटको दारसाईटमा रहेको रेष्टुरेण्टमा कार्यरत रायमाझी आफ्नै कोठामा झुण्डिएर आत्मा हत्या गरेको उनका काका राजु रायमाझीले जानकारी दिए । रातडाँडा बेसी घर बनाएर बसे पनि उनिहरुको पुर्खेयौली घर मुसिकोट नगरपालिका–३ पेंगा हो ।
वडाध्यक्ष कर्णध्वज जिसीले दुई महिना अघि मात्र उनका बाबु देवबहादुर रायमाझीको हृदयघातबाट मृत्यु भएको र यस अन्तरालमा छोराले पनि ज्यान हाले पछि रायमाझी परिवार मात्र नभई सिंगो पेगा गाउँ र रातडाँडावासी शोकाकुल भएको बताए ।
वडाध्यक्ष जिसीका अनुसार मृतकका दुई छोरा , श्रीमति आमा तीत दाजु भाई र दिदी वहिनीहरु रहेका छन ।
मृतकको शव ओमन स्थित एक अस्पतालमा रहेको र नेपाली दुतावासले छिट्टै उक्त शव नेपाल पठाउने तयारी गरिरहेको ओमन स्थित एनआरएनका सचिव डिबी क्षेत्रीले जानकारी दिए । नीरबहादुर गत अ ाठ बर्ष देखि ओमनमा कार्यरतछ थिए । आत्मा हत्या गर्नुको कारण खुल्न सकेको छैन ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्