JanataToday.com

Advertisment

SKIP THIS

घुम्टे युवा परिवारले जोड्यो सार्वजनिक स्थलमा सिसिटिभि क्यामेरा जडान

घुम्टे युवा परिवारले जोड्यो सार्वजनिक स्थलमा सिसिटिभि क्यामेरा जडान

बागलुङ । बागलुङको एक संस्थाले होली मेलाको अवसरमा सिसिटभी क्यामेरा जडान गर्ने भएको छ ।

घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले आफ्नो कार्यालय आपपासमा समाजमा शान्ति सुरक्षा कायम गर्दै सदरमुकाम बाहिर सार्वजनिक स्थलमा पहिलो पटक संस्थाले सिसिटिभी जडान गर्न लागेको अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।

संस्थाले चैत ३ गतेदेखि ६ सम्म आयोजना गर्न लागि रहेको आफनो ३४ औं वार्षिकोत्सव तथा ऐतिहासिक होली मेला २०७५ को पुर्व सन्ध्यामा सिसिटिभी जडान गर्न लागिएको संस्थाका कार्य वहाक सचिव प्रकाश थापाले जानकारी दिए ।

मेलाको अवसरमा सिसिटिभीको औपचारिक शुभारम्भ गरिने थापाले बताए । गाउ समाजमा विकृति विसंगति न्यूनिकरण गर्ने उद्देश्यले गत कात्तिक १ गते देखि वडा नं ७ भित्र मदिरा विक्री वितरण र सेवनको वडा सरकार स्थानिय कल्वहरु, समुह र पसलहरुको संयुक्त भेलाले समय निर्धाण गरेको थियो ।

उक्त योजनालाई यसले थप टेवा पुग्ने अपेक्षा अनुरुप गलकोट नगरपालिका वडा नं ७ को महत्वपुर्ण स्थान सप्ताहघाट, सानोखोला खोलापारी आसपास सककगै संस्थाको कार्यालयको शान्ति सुरक्षालाई मध्यनजर गर्दै झण्डै १ लाख ५० हजारको लागतमा उक्त कार्य अगाडि बढाईएको छ ।

सिसिटिभी क्यामेराको सम्पुर्ण लागत मल्म सानोखोला निवासी युवा समाजसेवी तथा उद्यमी दाजुभाई टेक बहादुर थापा र तुलबिर थापाले संस्थाका आजीवन सदस्य स्वर्गीय बाबा टोप बहादुर थापा र हजुरबाबा जंग बहादुर थापाको स्मृतिमा आर्थिक सहयोग गरेका छन ।

स्थापनाकाल देखि संस्थालाई निरन्तर माया गर्दै आएका दाजुभाईले यसपटक संस्थाले ल्याएको सिसिटिभी क्यामेराको योजना समय सापेक्ष र प्रशंसनिय रहेको भन्दै आफुहरु सहयोग गर्न ईच्छुक भएको बताएका छन । रोजगारीको सिलसिलामा लामो समय देखि जापानमा रहेर होटल व्यावसाय गर्दै आएका दुई दाजुभाईले समाजमा हुने हरेक सामाजिक काममा आर्थिक सहयोग प्रदान गर्दै आईरहेका छन ।

तुलबिर थापा गलकोट रहदा घुम्टे युवा परिवारको पुर्व सदस्य, उपाध्यक्ष हुदै अहिले घुम्टे युवा परिवार जापान शाखाको सहसचिव समेत रहेका छन । युवा उद्यमी थापाले आफु परदेशमा रहेपनि गाउको विकास र प्रगतिको निम्ति कमाईको केहि अंश समाजमा सहयोग गर्दै आईरहेको बताए । घुम्टे युवा परिवारले चैत ३ गतेदेखि ६ गतेसम्म आयोजना गरेको संस्थाको ३४ औं वार्षिकोत्सव तथा परम्परागत होली मेलाको अवसरमा सिसिटिभी क्यामेरा जडान गर्ने योजना तय गरेको थियो ।

समाजमा शान्ति सुरक्षा कायम गर्दै अपराधिक कृयाकलाप न्यूनिकरण गर्ने उद्येश्यले सिसिटिभी जडान गर्न लागिएको संस्थाका कोषाध्यक्ष सन्त भण्डारीले जानकारी दिए ।

यो सुरुवाती चरण भएको र निकट भविष्यमा आर्थिक व्यवस्थापन गर्न सके वडा नं ७ का अन्य सार्वजनिक स्थलमा समेत यो कार्य अगाडी बढाउन सकिने गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।

वि.सं २०४१ सालमा स्थापना भएको जिल्लाकै पुरानो संस्था घुम्टे युवा परिवारले स्थापनाकाल देखि नै स्थानिय स्तरमा सामाजिक कार्यहरुमा सकृय रहककदै आएको सहसचिव प्रकाश थापाले बताए ।

साथै रोजगारीको सिलसिलामा जापानमा रहेका संस्थाका आजीवन सदस्यहरु, शुभेच्छुक, संस्थाका संस्थापकहरुको सक्रियतामा गत भदौमा जापानमा समेत संस्थाको शाखा विस्तार पछि सामाजिक कार्यमा थप सकृयता बढेको उपाध्यक्ष जीवन साहानीले बताए ।

घुम्टे युवा परिवारको परिसरमा सिसिटिभी क्यामेरा सञ्चालनमा आएपछि यस क्षेत्रमा शान्ति सुरक्षामा थप टेवा पुग्ने संस्थाका सदस्य भुमिराज थापाले बताए । यस क्षेत्रमा संस्थाको सकृयतामा झण्डै १२ वटा सिसिटिभी क्यामेरा सञ्चालनमा ल्याउन लागिएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij