पाल्पा, पाल्पामा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको रामपुर–३, चनौली घर भइ हाल बगनासकाली–२, पोखराथोकमा बस्दै आएका ५६ वर्षका रेमबहादुर सुर्यबंशी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
मङ्गलबार दिउँसो साढे ४ बजेतिर सुर्यबंशी आफू बसेको घरदेखि तीनसय मिटर टाढा रहेको गोरेटोबाटोदेखि २० मिटर तल खरबारीमा मृत फेला परेको पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
मृतकको शव पोष्टमार्टमका लागि तानसेनस्थित पाल्पा अस्पतालमा पठाइएको मल्लले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : बुधबार, माघ २३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्