सिद्दार्थ मा बि मा किड्स डे सम्पन्न

सिद्दार्थ मा बि मा किड्स डे सम्पन्न

तिलोत्तमा-तिलोत्तमा नगरपालिका वडा नं ४ मा रहेको सिद्दार्थ मा बि मा आज कक्षा नर्सरीदेखि कक्षा तीन सम्मका बिध्यार्थीहरुले किड्स डे मनाएका छन्।

किड्स डे का अबसरमा कक्षा नर्सरीदेखि कक्षा तीन सम्मका बिध्यार्थीहरुले नाटक, बिज्ञान र प्रबिधि का सूचना मूलक प्रस्तुति हरु तथा गित संगित हरु प्रस्तुत गरेका थिए ।

स साना बालबालिकाहरु आफै कार्यक्रमको संचालक थिए त आफै प्रस्तोता थिए । अत्यन्तै रोचक ढंगबाट सचेतनामुलक अन्तरक्रिया, सूचना समेत उनिहरुले धारा प्रबाह रुपमा आफ्ना प्रस्तुतिका माध्यमले अभिभावक,शिक्षक तथा अतिथि हरुको मन तानेका थिए । उक्त कार्यक्रममा आकृति अक्षयकोष बाट पुरस्कृत, एस इइ परिक्षा २०८० मा उत्कृष्ट अंक ल्याउने आश्मा अधिकारी , ओशिश आचार्य, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने रितिका पौडेल,मनिश कोइराला, ब्यबस्थापन संकायमा उत्कृष्ट अंक ल्याउने नबिन पाण्डे र सपना पौडेल कोषका संरक्षक इन्द्रलाल श्रेष्ठले सम्मान गर्नु भयेको हो।

भागिरथी देवी ट्रष्ट बाट जिल्लामा एस ई ई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने सम्पदा गौतम , छात्रा तर्फ सर्वोत्कृष्ट अंक ल्याउने स्नेहा सिं , त्यस्तै यस बिध्यालयमा २०८० को एस इइ परिक्षामा उत्कृष्ट अंक ल्याउने आश्मा अधिकारी, उषा किरण खनाललाई संरक्षक प्राध्यापक रोमीमाला श्रेष्ठले सम्मान गर्नु भएको थियो । त्यस्तै गरी

शिद्दार्थ पदक बाट आश्मा अधिकारी, उषा किरण खनाल ओयशिश आचार्य लाइ बिध्यालय ब्यबस्थापन समितीका अध्यक्ष रामलाल श्रेष्ठ, प्रधानाध्यापक यम बहादुर राना ले पुरस्कृत गर्नु भएको थियो । सो अबसरमा गत बर्ष कक्षा नर्सरीदेखि कक्षा तीन सम्मका प्रथम द्वितीय र तृतीय श्रेणीमा उत्तीर्ण बिध्यार्थी हरुलाई पुरस्कार बितरण गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका अध्यक्ष रामलाल श्रेष्ठले बालबालिकालाई सानैदेखि असल र व्यवहारिक शिक्षा दिएर मात्रै भविष्यको असल नागरिक निर्माण गर्न सकिने उल्लेख गर्नुभयो । साना बालबालिका केन्द्रित कार्यक्रमले उनीहरुको क्षमता र सीप पहिचानमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दै उहांले विद्यालयले पुस्तकका सैद्धान्तिक त्रानलाई सीप र व्यवहारमा जोड्न अतिरिक्त क्रियाकलाप आवश्यक रहेको उल्लेख गर्नुभयो।विद्यालयका सह प्राचार्य रमेश प्रसाद बस्यालले कार्यक्रमको स्वागत गर्नुभएको थियो ।

विद्यालयमा स्थापना गरिएको आकृति स्मृति अक्ष्यकोषका संरक्षक इन्द्रलाल श्रेष्ठ, भागीरथी देवी ट्रस्टका संरक्षक रोमिमाला प्रधान, तिलोत्तमा नगरपालिकाका योजना शाखा   अधिकृत माधव पोखरेल  शिक्षा खेलकुद शाखा अधिकृत  शारदा भट्टराई  तथा श्रृजनशिल टोल बिकास समितिका अध्यक्ष तुलसी पौडेल लगायतले शुभकामना व्यक्त गर्दै बालबालिकाहरु काँचो माटो भएका कारण उनीहरुलाई आकार दिने काम विद्यालय र शिक्षकको हुने उल्लेख गर्नुभयो। भोलीको नागरिक र समाज कस्तो हुन्छ भन्ने कुरा आज उनीहरुलाई दिइने शिक्षामा निर्भर हुने बताउँदै उनीहरुले बालबालिको प्रतिभा पहिचानमा ध्यान दिन आग्रह गर्नुभयो।

 

 

प्रकाशित मिति : बिहिबार, माघ २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij