प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीसँग संवाद गर्दै

प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीसँग संवाद गर्दै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै छन्।

आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सबै मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन्।

विकास निर्माण तथा आयोजनाहरुको प्रगतिका सम्बन्धमा प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग संवाद गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चालू आर्थिक वर्षको सात महिना बित्न लाग्दासमेत प्रदेश सरकारहरुको पूँजीगत खर्चको अवस्था सन्तोषजनक छैन। अर्कोतर्फ तारन्तार हुने प्रदेशस सचिव परिवर्तन, आवश्यक कानुनको अभाव लगायतका कारणले पनि प्रदेश सरकारले गरेका काम प्रभावकारी देखिन सकेका छैनन्।

झण्डै एक घण्टा मुख्यमन्त्रीहरुसँगको छलफलपछि प्रधानमन्त्री ओली दिउँसो २ बजे संगरमाथा संवादको तयारी बैठकमा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

 

 

प्रकाशित मिति : शुक्रबार, माघ २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij