बुटवल । बुटवलमा १ करोडको लागानीमा होटल नन्दन सञ्चालनमा आएको छ ।
प्रदेश ५ को राजधानी बुटवल तथा गौतमबुद्व अन्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा आउने अपेक्षा संगै बुटवल तथा रुपन्देहीमा नै होटल ब्यवसायीहरु बढेका छन् ।

बुटवल छ गर्बुजापथमा सञ्चालनमा आएको होटल नन्दनमा शान्त बाताबरण संगै अजिनामोटो रहित खाना र घरायसी बाताबरण सहितको होटल सञ्चालनमा आएको हो ।
बुटवलकै स्थानीय ब्यवसायीले आफ्नो रिटायर्ड लाईफलाई सहजता प्रदान र ब्यवसायको स्थायीत्वको लागि होटल सञ्चालन गरेको होटलका सञ्चालक यम बहादुर थापाको भनाई छ ।

१२ कोठा र १ मिटिङ्ग हल सहित सञ्चालनमा आएको होटल फाल्गुनको दोस्रो हप्ताबाट सञ्चालनमा आएको हो ।
होटल सञ्चालन भए संगै ७ जना कर्मचारीहरुले रोजगारी पनि पाएका छन् । भने होटल सञ्चालनमा आएको पहिलो महिना रुम चार्जमा १५ प्रतिशत छुटको ब्यवस्था गरेको छ ।
प्रकाशित मिति : शनिबार, चैत्र २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्