भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७औं स्थानमा

भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७औं स्थानमा

काठमाण्डौ – विश्वव्यापी भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७औं स्थानमा परेको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्क  (सीपीआई)–२०२४ मा नेपालले अघिल्लो वर्षभन्दा एक अङ्क सुधार गरेको हो ।

भ्रष्टाचार हुने देशहरूको सूचीमा नेपालले एक सयमा ३४ अङ्क पाएको छ । अघिल्लो वर्ष नेपाल ३५ अङ्कका साथ १०८औं स्थानमा थियो ।

विश्वभर एकैपटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एशियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटानको ७२ अङ्क छ । दक्षिण एशियामा सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा अफगानिस्तान छ ।

भारत र माल्दिभ्सले समान ३८ अङ्क, श्रीलङ्काले ३२ अङ्क, पाकिस्तानले २७ अङ्क, बङ्गलादेशले २३ र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् ।

विश्वका एक सय ८० वटा देशलाई समेटेर तयार पारिएको प्रतिवेदनानुसार ९० अङ्कसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा छ । सुडान सबैभन्दा धेरै भ्रष्टाचार हुने देशको सूचीमा परेको छ ।

सूचकाङ्कमा एक सय अङ्कले अति स्वच्छ र शून्य अङ्कले अति भ्रष्टाचार जनाउने गरेको छ ।

प्रकाशित मिति : मंगलबार, माघ २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij