पाल्पाको ऐतिहासिक धरोहर रानीमहलमा आज अन्तर-प्रदेश बैठक बस्ने

  पाल्पाको ऐतिहासिक धरोहर रानीमहलमा आज अन्तर-प्रदेश बैठक बस्ने

पाल्पा,  पाल्पाको ऐतिहासिक धरोहर रानीमहलमा आज अन्तर-प्रदेश बैठक बस्ने भएको छ । गण्डकी र लुम्बिनी प्रदेशका मुख्य मन्त्री, मन्त्री र सचिवहरु सम्मिलित अन्तर-प्रदेशको बैठकको तयारी पुरा भएको छ । राणाकालिन समयदेखि नै ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको रानीमहलमा आयोजित दुई प्रदेशका मुख्यमन्त्रीको आर्थिक बिकाससंगै जोडिएको पर्यटनको क्षेत्रको बिकासका कुराहरुमा साझा अवधारणाहरु मुख्य विषयबस्तु रहने बताइएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा रहेको रानीमहलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री (चेतनारायण आचार्य) ,गण्डकी प्रदेशका मुख्यमन्त्री (सुरेन्द्रराज पाण्डे) हुने बैठकमा बिकासका साझा अवधारणा प्रस्तावलाई अगाडि बढाउने लुम्बिनी प्रदेशका कायम मुकाम बाबुराम अधिकारीले बताए ।

तानसेन नगरको वडा नम्बर १३ को वौधा गुम्बामा रहेको यस ऐतिहासिक दरवारमा अन्तर प्रदेशको बैठक हुनु, पाल्पाली र त्यसैमाथि तानसेनको लागि गौरवको विषय बस्तु भएको तानसेन नगर प्रमुख सन्तोष लाल श्रेष्ठ बताए ।

प्रकाशित मिति : बुधबार, माघ ३० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij