माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड द्वारा गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड द्वारा गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुल्मीको मालिका गाउँपालिकामा हेलीप्याड र मालिका पिस पार्कको उद्घाटन गरे।बिहीबार, प्रचण्डले मालिका गाउँपालिका वडा नम्बर ४ स्थित अर्खाबाङमा निर्माण भएको हेलीप्याडको उद्घाटन गरे। सोही वडामा निर्माण गरिएको पर्यटकीय स्थल मालिका पिस पार्कको पनि उद्घाटन गरिएको छ।

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि र स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थितिमा हेलीप्याड र पार्कको उद्घाटन गर्दै प्रचण्डले नेपालकै नमूना हेलीप्याड निर्माण भएको बताए।गुल्मीको हेलीप्याडलाई देशका अन्य स्थानमा बनाइएका हेलीप्याडभन्दा उत्कृष्ट रहेको बताउँदै, उनले आपतकालिन र विपद्का समयमा यहाँका नागरिकहरूको उद्धार र राहतमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे।

यो प्रचण्डको गुल्मीको दोश्रो भ्रमण हो र यस अवसरमा स्थानीय नागरिकहरूले उनीसँग प्रत्यक्ष साक्षात्कार गर्ने मौका पाएका छन्।अध्यक्ष प्रचण्डले पछि मालिका गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्नेछन्। त्यसपछि प्रचण्डको कार्यक्रममा धुर्कोट गाउँपालिकामा निर्माण भएको शहिद पार्कको उद्घाटन पनि हुनेछ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij