काठमाण्डौ , प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि निवेदन खुलेको छ । आउँदो आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम रोजगारीमा संलग्न हुन चाहने बेरोजगार नागरिकले यही फागुन मसान्तसम्म निवेदन दिन सक्ने
श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार न्यूनतम रोजगारमा संलग्न भई सामुदायिक विकास निर्माणका काममा योगदान दिन इच्छुक नागरिकले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन् ।
निवेदनको ढाँचा र थप जानकारी पालिकाको रोजगार सेवा केन्द्र तथा श्रम मन्त्रालय र प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।
निवेदनका साथ नागरिकताको प्रतिलिपि, तस्वीर, कुनै सिपमूलक तालिम लिएको भए त्यसको प्रमाणपत्र, एकल महिला वा अपाङ्गताको प्रमाण खुल्ने कागजात अनिवार्य गरिएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन ८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्