JanataToday.com

Advertisment

SKIP THIS

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः बाँके ६९ रनले विजयी

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः बाँके ६९ रनले विजयी

भैरहवा, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा बाँकेले जित हात पारेको छ । छनोट खेल अन्तर्गत शुक्रबार भएको खेलमा कपिलवस्तुलाई ६९ रनले पराजित गर्दै बाँकेले जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बाँकेले निर्धारित ५० ओभरमा ३६ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १ सय ५६ रन बनायो । उसका लागि रोशन केसीले अविजित ४५ रन जोडे । यस्तै, सुनिल भण्डारीले ४५, सादब अन्सारीले १५ र समसुद्दिन अन्सारीले ११ रन बनाए । बलिङमा कपिलवस्तुका राज अग्रहरीले ६ तथा महेश भर र प्रयासदेव गैरेले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको कपिलवस्तु २४ ओभर १ बलमा अलआउट हुँदै जम्मा ८७ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न बलिङमा बाँकेका विजय चौधरीले ५ तथा सिद्धान्तराज शाहीले ३ विकेट लिन सफल भए । कपिलवस्तुका शिवकुमार मौर्यले २०, शिव कुँवरले १७ र प्रतीक भट्टराईले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम पराजित थयो । खेलमा बाँकेका विजय चौधरी प्लेयर अफ द म्याच भए ।

यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोटका लागि जिल्ला स्तरको छनोट खेल सुरु भएको हो । रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, दाङ, बाँके र बर्दिया गरी ७ जिल्लाका टिम सहभागी छनोट खेलबाट प्रत्येक जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टिम बनाइने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij