काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) २०२५ का लागि आज ‘अक्सन’ भएको छ । ‘अक्सन’ भएसँगै प्रतियोगितामा सहभागी हुने टिमको संरचना लगभग तयार भएको छ । एनएसएल को तेस्रो संस्करणको अक्सनमा छ जना खेलाडीलाई सबैभन्दा अधिकतम बोली लागेको छ ।
‘क्याटेगोरी ए’ मा रहेका खेलाडीहरु मणि कुमार लामा, दिनेश हेन्जन, पासाङ लामा, आशिष गुरुङ, अभिषेक लिम्बु, जिलेस्पीजङ्ग कार्की, सुमित श्रेष्ठ र सन्तोष खत्री सबैभन्दा महँगो रुकम चार लाख रुपैयाँमा बिक्री भएका हुन् । यसमध्ये पासाङ लामा बाहेक सबै खेलाडीलाई एक भन्दा बढी टिमले राजेका थिए ।
काठमाण्डौले ‘लक्की ड्र’बाट दिनेश र जिलेस्पीजङ्गलाई पाउन सफल भयो भने चितवनले अभिषेक र सुमितलाई पायो । यस्तै मणि ललितपुर, आशिष झापाले ‘लक्की ड्र’बाट पायो । पासाङका लागि भने धनगढीले मात्र अधिकतम चार लाख रुपैयाँ दिन तयार भएको थियो ।
‘क्याटेगोरी ए’ मा रहेका खेलाडीको न्युनतम मूल्य दुई लाख र अधिकतम चार लाख रुपैयाँसम्म थियो । त्यसमा यी खेलाडीलाई अधिकतम बोली लागेको थियो । ‘क्याटेगोरी ए’ मा रहेका भरत खवास, विकेश कुथु, दिप कार्की र विशाल सुनार तथा क्याटेगोरी ‘बी’ मा रहेका नवयुग श्रेष्ठलाई कुनै टिमले किनेनन् ।
‘क्याटेगोरी ए’ बाट पहिलो चरणमा ११ खेलाडी बिक्दा आठ जना खेलाडीले अधिकतम मूल्य पाए । ‘क्याटेगोरी ए’ बाट बिक्री हुने अन्य खेलाडीमा विवेक पौडेल, सुरज ज्यु ठकुरी र प्रदिप लामा रहेका छन् । ‘क्याटेगोरी बी’ मा रहेका खेलाडीको न्युनतम मूल्य एक लाख ५० हजार र अधिकतम मूल्य दुई लाख रुपैयाँ थियो ।
चैतमा हुने प्रतियोगितामा सात टिमको सहभागिता रहनेछ । त्यसमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी, काठमाण्डौ रेजर्स, धनगढी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल–लुम्बिनी रहेका छन् । नेपाली फुटबलमा ‘अक्सन’ को आयोजना भएको यो नै पहिलो पटक हो । ‘अक्सन’ मा ६० जना खेलाडी राखिएको छ । त्यसमध्ये ‘क्याटेगोरी ए’ का १५ र ‘क्याटेगोरी बी’ का ४५ का खेलाडी रहेका थिए । ‘क्याटेगोरी सी’ मा पर्ने खेलाडीको भने पछि ‘ड्राफ्ट’ बाट निर्णय गरिने छ ।
अहिलेसम्म लगभग सबै टिमले आफ्ना मार्की र कप्तान खेलाडीको नाम घोषणा गरिसकेका छन् । यस्तै मुख्य प्रशिक्षकको नाम पनि लगभग सबै टिमले घोषणा गरिसकेका छन् । हरेक टिमले केही खेलाडी फर्ता गरिसकेको छ । कुल २१ खेलाडी भने बिक्री भएनन् । अब विदेशी खेलाडी, विदेशमा रहेका नेपाली खेलाडी र ‘ट्यालेन्ट हन्ट’ बाट पनि खेलाडी छनोट हुन बाँकी रहेको छ । बिक्री नभएका खेलाडी ‘विस लिस्ट’ को माध्यमबाट टिमले रोजेका थिए ।
प्रकाशित मिति : शनिबार, फाल्गुन १० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्