नेपालमा केही छैन भन्ने भाष्य चिर्नुपर्छ : चन्द्र ढकाल

नेपालमा केही छैन भन्ने भाष्य चिर्नुपर्छ : चन्द्र ढकाल

 बुटवल ,

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केठी छैन भन्ने गलत भाष्य स्थापित भएको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यकममा बोल्दै अध्यक्ष ढकालले लगानीका प्रसस्त सम्भावनाहरु भएको बताउँदै ती सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक रहेको औल्याए ।

यहाँको स्रोत साधनलाई उपयोग गरेर प्रयाप्त अर्थोपार्जन गर्न सकिने बताउँदै उनले बस्तुलाई बाफिङ मात्रै गर्न सक्ने हो भने पनि निर्यातका लागि कुनै समस्या नहुँने बताए । नेपालमा प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावना रहेको बताउँदै त्यसलाई ‘क्यापिटलाईज’ गर्नुपर्नेमा जोड दिए । उनले यहाँ भएका स्रोत साधनमा आधारित भएर लगानी गर्ने हो भने उद्यमशिलता पनि विकास हुने र रोजगारी पनि प्रसस्त सिर्जना गर्न सकिने बताउँदै लगानीकर्तालाई त्यसतर्फ आकर्षित गर्नुपर्ने बताए

अध्यक्ष ढकालले नेपान उद्योग बाणिज्य महासंघले जिल्ला नगर उद्योग वाणिज्य संघहरुको माग अनुसार विधान संशोधन गरिएको बताउँदै विधान संशोधनसँगै जिल्ला नगर उद्योग वाणिज्य संघबाट महासंघमा जानको लागि अवसर सिर्जना गरेको दावी गरे ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले यस क्षेत्रका उद्योगी व्यवसायीहरुले २००९ सालमा तदर्थ समिति गठन गरी विधिवत रुपमा २०१० साथमा बुटवल उद्योग वाणिज्य संघको स्थापना गरेको जानकारी गराउँदै संघको स्थापनासंगै संघले यस क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासमा समेत लगानी सहितको नेतृत्वदायी भूमिका खेल्दै आएको जानकारी गराए । उनका अनुसार संघले शिक्षा क्षेत्रमा लुम्बिनी वाणिज्य स्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पसको स्थापना, बुटवल बहुमुखी क्याम्पसको विज्ञान भवन निर्माण, स्वास्थ्यमा आम्दा अस्पताल, भूम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती भवन निर्माण लगायतका पूर्वाधार निर्माणमा लगानी सहितको नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । त्यस बाहेक यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा पनि उल्लेखनीय योगदान गरिएको उनले जानकारी गराए ।

कार्यकममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवल उद्योग वाणिज्य संघको ईतिहास गौरवपूर्ण रहेको बताउँदै यहाँका उद्योग व्यवसायको प्रवर्द्धन तथा स्थानीय आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान रहेको भन्दै संघको प्रशंसा गरे । उनले पछिल्लो समय बुटवलमा विज्ञापन बोर्ड करको विषय पेचिलो बनेको बताउँदै मापदण्ड भन्दा बढी लिएको भए कारवाही गरिने जानकारी गराए । उनले त्यसका लागि नगरपालिकामा निवेदन दिन आग्रह गरे । त्यस्तै उपप्रमुख सावित्रादेवी अर्यालले पनि राजश्य परामर्श समितिको सुझाव सल्लाहमा नगरपालिकाले निर्णय लिने गरेको जानकारी गराउँदै यस्ता विषयमा सुधारका लागि समेत विमर्श गर्न सकिने भनाई राखे ।

कुशप्रसाद मल्लीलाई सम्मान

बुटवल उद्योग पाणिज्य संघका पूर्वअध्यक्ष कुशप्रसाद मल्लीलाई सम्मान गरिएको छ । संघको स्थापना दिवसको अवसरमा पूर्वअध्यक्षहरुको तर्फबाट उहालाई सम्मान गरिएको हो । संघको श्रीबृद्धि र उन्नयनमा उल्लेखनीय योगदान पुर्याएवापत उहालाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सम्मान ग्रहण गर्दै पूर्वअध्यक्ष मल्लीले संघले आफूले गरेको योगदान भन्दा पनि बढी सम्मान गरेको भन्दै उद्योग व्यवसायको प्रवर्द्धन र विकास विना मुलुकको आर्थिक विकास सम्भव नभएको भनाई राखे । मुलुकको आर्थिक विकासका लागि व्यवसायिक संस्थाहरुले पहल र पैरवी गर्नुपर्ने भनाई राखे ।

संघको स्थापना दिवसकै अवसरमा मानव सेवा आश्रमलाई ५१ हजार रुपैंया आर्थिक सहयोग प्रदान गरिएको छ । त्यस्तै बुटवल उद्योग वाणिज्य संघको आयोजनामा भएको औद्योगिक व्यापार मेलामा योगदान गरेका फरक क्षमताका भरतराज केसी र डिल्लीराज कंडेललाई पनि सम्मान गरिएको थियो ।

त्यसै अवसरमा बुटवल उद्योग वाणिज्य संघको आयोजनामा भएको ओैद्योगिक व्यापार मेलाका बारेमा अध्ययन गरेको लुम्बिनी बाणिज्य क्याम्पसले अध्ययन प्रतिवेदन संघलाई बुझाएको छ । उक्त अध्ययन प्रतिवेदन क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ र क्याम्पस प्रमुख डा। ताराप्रसाद उपाध्यायले संघका अध्यक्ष हरिप्रसाद अर्याललाई हस्तान्तरण गरेको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ, संघका पूर्व वरिष्ठ उपाध्यक्ष रोहितराज क्षेत्री, रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे लगायतले शुभकामना

व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : आइतबार, फाल्गुन ११ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij