काठमाण्डौ – चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको लिग चरणमा नेपालले आज म्यानमारसँग खेल्दैछ । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे सुरू हुनेछ ।
अन्तिम खेल अघि नै नेपाल र म्यानमार फाइनलमा पुगिसकेका छन् । नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई समान एक गोलले हराउँदै फाइनलमा पुगेको हो । म्यानमारले पहिलो खेलमा लेबनानलाई ३–१ गोलले र दोस्रो खेलमा कीर्गिस्तानलाई पाँच गोलले हराएको थियो ।
नेपालले म्यानमारसँग अहिलेसम्म चार खेल खेलेको छ । तीन खेलमा पराजित नेपालले एक खेलमा बराबरी खेलेको थियो । लिग चरणको आज हुने अन्तिम खेल अघि दिउँसो २ बजे लेबनान र कीर्गिस्तानले खेल्दैछन् । लेबनान र कीर्गिस्तान उपाधि होडबाट बाहिरीसकेका छन् । नेपाल र म्यानमारबीचको फाइनल खेल बुधवार हुनेछ ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ११ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्