JanataToday.com

Advertisment

SKIP THIS

बुटवल जेसीजले सुरु गर्यो शान्तिकाे लागि सहकार्य

बुटवल जेसीजले सुरु गर्यो शान्तिकाे लागि सहकार्य

बुटवल। प्रदेश पाँच आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले द्वन्द्वरत पक्षलाई आफ्नो स्टेप बिग्रिँदा कहाँ पुगिन्छ भेन्ने हेक्का राख्न आग्रह गरेका छन् ।

सरकारले आफ्नो स्टेपको हिसाव गरेरै प्रतिवन्धको निर्णय गरेको बताउँदै उनले मुलुकको शान्ति र समृद्धिका पहल गर्दा स्यावासी पाउनु पर्नेमा आलोचना हुनु राम्रो नभएको पनि बताए ।

बुटवल जेसीजले शनिबार बुटवलमा आयोजना गरेको ‘शान्तिकालागि सहकार्य’ कार्यक्रममा बोल्दै मन्त्री केसीले स्थिर शान्तिकालागि अझै धेरै काम गर्न बाँकी रहेको र त्यो पुरा हुँदा पनि असहमती बाँकी रहने उल्लेख गरे ।

उनले द्वन्द्वको कहाली लाग्दो दिनबाट यहाँसम्म आएको स्मरण गर्दै सकारात्मक शोंच सहित अंगाडी बढेमा शान्तिको यात्रा लामो नभएको उल्लेख गरे।

शान्तिकालागि बिकास र समृद्धि आवश्यक रहेको बताउँदै उनले बिकास र समृद्धिकालागि प्रदेश सरकारले कृषिको व्यबसायिक बिकास, कृषिमा आधारित औद्योगिकिकरण र त्यसैका माध्यमबाट पर्यटन बिकासको दीर्घकालिन योजना बनाएको बताए। मन्त्री केसीले प्रदेश सरकारले प्रदेशलाई के र कस्तो बनाउने भन्ने विषयमा केही दिनमा रोडम्याप ल्याउन लागेको जानकारी गराए ।

त्यस्तै बुटवल उपमहानगरपालिकाकी उपमेयर गोमादेवी आचार्यले सरकारले ल्याएको नारा ‘समृद्ध नेपाल खुसी नेपाली’ शान्तिको आधार भएको बताउँदै नारालाई सार्थक बनाउनकालागि सरकारले गम्भिर भएर काम गर्नुपर्ने धारणा राखीन् ।

उनले संघीय सरकार र प्रदेश सरकारले बनाउनु पर्ने कानुन नबनाउँदै स्थानीय सरकारलाई कानुन निर्माणमा समस्या भएको बताउँदै कर्मचारी समायोज नहुँदा पनि काममा बाधा पुगेको उल्लेख गरीन् ।

नेपाल जेसीजका उपाध्यक्ष अर्जुन अधिकारीले शान्ति कायम गर्न र हिंसा न्यूनिकरणकालागि नेपाल जेसीजले पहिलेदेखि नै अभियान सञ्चालन गर्दै आएको बताए ।

कार्यक्रममा पत्रकार भवानीप्रसाद पाण्डेले युवा, द्वन्द्व र शान्ति आपसमा जोडिएको उल्लेख गर्दै विभिन्न देशका उदाहरण सहित युवालाई शान्तिमा जोड्न सकिने बताए ।

२०६८ को जनगणना अनुसार नेपालको कुल जनसंख्याको ४० प्रतिशत युवाको संख्या रहेको बताउँदै उनले १६ देखि ४० वर्ष उमेर समुहका १ करोड ६ लाख युवा मध्ये ४० लाख युवा अध्ययन तथा रोजगारीको सिलसिलामा बिदेश पलायन भएको तथ्यांक प्रस्तुत गरे ।

रोजगारीकालागि बिदेश पलायन हुने युवाको संख्या घटेको भएपनि रेमिट्न्स बढेको बताउँदै उहाँले मुलुकको स्थायी शान्तिकालागि युवालाई स्देशमै काम गर्ने वातावरण बनाउनु पर्ने र त्यहिबाट समृद्धि प्राप्त गर्न सकिने उल्लेख गरे ।

प्रकाशित मिति : आइतबार, चैत्र ३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij