परराष्ट्रमन्त्री राणाले गरिन लुम्बिनी भ्रमण

परराष्ट्रमन्त्री राणाले गरिन लुम्बिनी भ्रमण


लुम्बिनि –परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । मन्त्री राणलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरेका हुन् ।
राणाले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्पकरणी पोखरीको बारेमा जानकारी लिईन । उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोषले गरेका पछिल्ला काम र विकासका बारेमा जानकारी दिएका थिए । मन्त्री राणसँगै लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री सरोज थापाको समेत सहभागिता रहेको थियो ।
परराष्ट्रमन्त्री राणा नेपाली काँग्रेसका क्षेत्रीय सभापतीहरुको रुपन्देहीको भैरहवामा भएको बेलामा सहभागि हुन आएको बेला बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी हुन् ।
भ्रमणका अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारीणी सदस्य श्याम रोक्का, राजेश शाक्य, सुरक्षा अधिकृत खगेन्द्र काफ्लेको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij