टैकंर व्यवसायीद्धारा रक्तदान, ५५ युनिट संकलन

टैकंर व्यवसायीद्धारा रक्तदान, ५५ युनिट संकलन

बुटवल । पश्चिमाञ्च टैकंर व्यवसायी संघले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन ।

संघले विगत एकसाता देखि समाजिक कार्यक्रम संचालन गदै आएकोमा आईतवार संघको कार्यालय परिसरमा रक्तदान गरेको हो ।

संघले गत बुधवारदेखि संचालन गरेको दूर्घटना नियन्त्रण र पेट्रोलियम पदार्थको जोखिम कम गर्न ट्राफिक सचेतना, सवारी दूर्घटना तथा पेट्रालियम पदार्थवाट हुने जोखिम न्यूनिकरणका लागि चालक र सह चालकलाई प्रदान गरेको तालिम पनि आईतवार नै समापन गरिएको छ ।

तिन दिन सम्म संचालन गरिएको तालिममा ४ सय जना लाभान्वित भएको कार्यक्रम संयोजक प्रेम घर्तिमगरले बताए ।

चालक र सह चालकलाई प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवल र नेपाल आयलको प्रादेशीक कार्यालय भलवाडीका प्रशिक्षकहरुले तालिम प्रदान गर्नु भएको महा सचिव भुपराज अर्यालले बताए ।

संघका अध्यक्ष राकेश कुमार कसौधनको अध्यक्षतामा भएको समापन समारोहमा नेपाल आयल निगमको प्रादेशीक कार्यालय भलवाडीका प्रमुख सुरज शाह , पाँच नम्बर ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक गंगा सारु ,संघका टिकाराम न्यौपान लगाएतले संघले सामाजिक उत्तरदायीत्वका कामको शुरु गरेकोले यस्ता कामलाई निरन्त्रता प्रदान गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : सोमबार, चैत्र ४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij