बुटवल , राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले आफूले बोल्ने समय एकदम नजिक आएको प्रतिक्रिया दिनु भएको छ । रुपन्देही बुटवलस्थित उच्च अदालतबाट बाहिरिने क्रममा रास्वपा सभापति लामिछानेले मेरो बोल्ने समय एकदम नजिक आएको र त्यसको तयारीमा बसिरहेको प्रतिक्रिया दिनुभएको छ । सहकारीको रकम अपचलनमा धरौटीमा छुटेपछि लामिछानेले सार्वजनिक रुपमा प्रतिक्रिया दिनु भएको थिएन । सार्वजनिक रुपमा उहाको प्रतिक्रिया नआएपछि ‘लामिछाने किन बोलेनन्रु’ भनी चासो बढेको छ ।
रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा आफूसँग माग भएको १ करोड धरौटी खारेजीको माग गर्दै उच्च अदालत बुटवलमा सोमबार निवेदन दिन आएका लामिछानेले कुनै प्रतिकृया नदिई बोल्ने बेला आउनै लागेको जवाफ दिनु भएको हो । उहाँले उच्च अदालत बुटवलमा सोमबारनै निवेदन दिनु भएको छ । सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको मुद्दामा रूपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा छुटेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपाका सभापति लामिछाने जिल्ला अदालतको आदेशविरुद्ध सोमबार उच्च अदालत बुटवल आई पुग्नु भएको हो । उहाँले सोमबार नै रूपन्देही जिल्ला अदालतको तारिख पनि बुझ्नु भएको छ।
बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधमा उहाँलाई जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले माघ १३ गते सहकारी ठगीमा तत्काल प्राप्त प्रमाणका आधारमा ‘प्रतिवादी ९लामिछाने०ले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिएको’ भन्दै पछि ठहरेबमोजिम हुने गरी एक करोड धरौटीमा छोड्ने आदेश गरेको थियो ।
आदेशको ४४ दिनपछि जिल्ला अदालतको एक करोड धरौटीमा छोड्ने आदेशविरुद्ध लामिछाने बुटवलस्थित तुलसीपुर उच्च अदालत बुटवल इजलासमा ७३ नम्बर दर्ता गर्न पुग्नु भएको हो । रविलाई १ करोड धरौटी लिएर छोड्ने आदेश उपयुक्त नभएको र थुनामै राख्नुपर्ने भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले पनि उच्च अदालतमा मुद्दा पुनरावेदन गरिसकेको छ । जिल्ला अदालतले गरेको ’आदेश बदर गरी पाउँ’ भन्दै लामिछानेले तुलसीपुर उच्च अदालत बुटवल इजलासमा निवेदन दर्ता गराएको स्रोतले बताएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्