नेता बदल्न नखोज्या हो र ? बलबुताले भ्याएको भए मै दलको नेता हुन्थेँ : गगन थापा

नेता बदल्न नखोज्या हो र ? बलबुताले भ्याएको भए मै दलको नेता हुन्थेँ : गगन थापा

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले वर्तमान व्यवस्थाप्रति आफ्नो पार्टी पूर्ण प्रतिबद्ध भएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार विशेष समयमा सम्बोधन गर्दै थापाले सबै मिलेर ल्याएको लोकतन्त्र जोगाउन प्रतिबद्ध रहेको बताएका हुन् ।

 

पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल माओवादी अध्यक्ष पुष्पकमल दाहालपछि बोलेका थापाले भने, ‘नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिपक्षी दलले राखेको प्रतिबद्धताप्रति कांग्रेस सराहना गर्छ । हामी सबै यो व्यवस्थाप्रति उत्तिकै प्रतिबद्ध छौँ । हामी सबै मिलेर ल्याएको यो लोकतन्त्रलाई जोगाउन संविधानको व्यवसथालाई सुदृढ गर्न उत्किकै प्रतिबद्ध छौँ ।’

त्यस्तै महामन्त्री थापाले युवा पुस्तालाई सम्बोधन गर्दै लोकतन्त्रमा जस्तो स्वतन्त्रता कुनै पनि व्यवस्थामा नपाइने बताए । शाहीकालको निरकुंशताप्रति संकेत गर्दै उनले भने, ‘कुनै बेला नेपालभित्रकै कुनै ठाउँ जान भिसा चाहिन्थ्यो । रातारात कुरा गर्दागर्दै हाम्रा फोन काटियो, इन्टरेनट काटियो । सडकमा हिँड्दाहिँड्दै हामीलाई पक्राउ गरियो ।’ पछिल्ला केही दशक विभिन्न राजनीतिक आन्दोलन र युद्धमा देशले महत्त्वपूर्ण समय व्यतित गरेको पनि थापाको भनाइ थियो । उनले अगाडि भने, ‘८० देखि ९० को दशकलाई विकास र समुन्नतिको वर्ष बनाउने होला । ८० र ९० को दशकलाई अर्को पोलिटिकल एडभेन्चरको वर्ष नबनाम् ।’

साथै राजतन्त्रमा यस्तो थियो, उस्तो थियो भनेर भ्रम फैलाइएकोप्रति पनि कांग्रेस महामन्त्री थापाले टिप्पणी गरे । उनले तथ्यांक पल्ट्याउन पनि युवा पुस्तालाई आग्रह गरे । ‘कोही आएर उहिले नेपालले धान बेच्थ्यो भन्दिन्छ, तथ्यांक पल्टाएर हेर्नुस् । उहिले नेपाल स्वर्ग थियो भन्दिन्छ कसैले, तथ्यांक पल्टाएर हेर्नुस् । उहिले नेपाल असाध्यै राम्रो थियो- खानेपानी, पूर्वाधार सबैथोक थियो भन्दिन सक्छ कसैले । मैले तथ्यांक पल्टाएर हेरौँ भन्दा अहिले सबै राम्रो छ भनेको होइन,’ उनले भने ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij