नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देहीमा आउने

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देहीमा आउने

बुटवल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देहीमा आउने भएका छन्। दिनभर विभिन्न कार्यक्रममा सहभागिता जनाउने अध्यक्ष प्रचण्डले ऐतिहासिक तथा धार्मिक स्थलको शिलान्यासदेखि खेलकुद प्रतियोगिता समापनसम्मका कार्यक्रमहरूमा भाग हुनेछन्।

 

अध्यक्ष प्रचण्डको कार्यतालिका अनुसार आज बिहान ११ बजे रुपन्देही जिल्लाको ओमसतिया–६ मा अवस्थित रामजानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। यो धार्मिक तथा ऐतिहासिक महत्वको पार्क निर्माणले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

 

त्यसपछि अध्यक्ष प्रचण्ड बुटवल उपमहानगरपालिकाको समन्वयमा ज्योतिनगर पहिरो क्षेत्रको निरीक्षण गर्नेछन्। पछिल्लो समय बुटवलका पहिरो ग्रस्त स्थानमा ज्योतिनगर पहिरोका कारण स्थानीयवासी समस्यामा परेका छन्, जसको स्थलगत निरीक्षण गरी आवश्यक समाधानका उपायहरूबारे स्थानिय तह सँग समन्वय गरिने छ ।

 

त्यसपछि अध्यक्ष प्रचण्ड बुटवल ट्राफिक चोकमा आयोजना हुने मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नेछन्। मगर समुदायको हक, अधिकार र पहिचानबारे माओवादी आन्दोलनको महत्त्वपूर्ण भूमिका रहेको भन्दै अध्यक्ष प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

रुपन्देहीका कार्यक्रमको अन्तिम कार्यक्रमअन्तर्गत अध्यक्ष प्रचण्डले सैनामैनामा चलिरहेको सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित रहनेछन्। स्थानीय खेलकुदको प्रवर्द्धनमा यस प्रतियोगिता र प्रचण्डको सहभागीताले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको आयोजकको बिश्वास छ।

 

माओवादी केन्द्रका रुपन्देही जिल्ला संयोजक निर्मल जीसीका अनुसार अध्यक्ष प्रचण्डको आज दिनभर व्यस्त कार्यतालिका रहेको छ। उनले भने, “हामी जनताको घरघरमा पुग्ने अभियानमा छौँ, जनताको आवश्यकता अनुसार अध्यक्ष प्रचण्ड दिनभर रुपन्देहिका जनताको बीचमा रहनुहुनेछ।” अध्यक्ष प्रचण्डको रुपन्देहीका बिभिन्न कार्यक्रमको सहभागीताले स्थानीय विकास, राजनीतिक गतिविधि तथा पार्टी सङ्गठन सुदृढीकरणमा सकारात्मक प्रभाव पर्ने जिसीले बताए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij