बुटवल । प्रदेश ५ का एक सय ८ स्थानीय तहमा राष्टिय स्तरका वाणिज्य बैक पुगेका छन ।
एक सय ९ स्थानीय तह रहेको प्रदेश ५ मा अव एउटा स्थानीय तहमा मात्रै राष्टियस्तरको बाणिज्य बैकको शाखा खुल्न बाकी रहेको नेपाल राष्ट बैकको सिद्धार्थनगर शाखाले जनाएको छ ।
राष्टियस्तरको वाणिज्य बैकको शाखा खुल्न बाकी रोल्पाको सुनछहारी गाउपालिकामा पनि एसबिआई बैकले शाखा खोल्ने तयारी गरेको छ ।
एसबिआई बैकले शाखा सञ्चालनका लागि गाउपालिकासंग गत माघ २९ गते संझौता गरीसकेको गाउपालिकाकी उपाध्यक्ष पार्वती घर्ति मगरले जानकारी दिईन् ।
बैकले गाउपालिकाको कार्यालय नजिकैको एउटा घर शाखा सञ्चालनका लागि भाडामा समेत लिईसकेको छ ।
बैकका दागं शाखा प्रमुख पवन घिमिरेले सुनछहारीमा शाखा खोल्न सुरक्षाका दृष्टिले सुरुमा पक्कि घर नपाईएकाले समस्या भएपनि अव केही दिनमा कार्यालयमा फनिर्चर तथा अन्य व्यवस्थापन गरी कारोवार सुरु गर्ने बताईन् ।
नेपाल राष्ट बैकले हालै सार्बजनिक गरेको बिवरण अनुसार ७ सय ५३ स्थानीय तह मध्ये ७ सय ११ स्थानीय तहमा बैकका शाखा पुगेका छन ।
सात वटै प्रदेशमा सबैभन्दा बढी स्थानीय तहमा राष्टिय स्तरका बाणिज्य बैक पुगिसकेको प्रदेश ५ भएको छ ।
राष्ट बैकको केन्द्रिय तत्थ्यांकमा प्रदेश ५ मा २ वटा स्थानीय तहमा बाणिज्य बैकको शाखा नपुगेको उल्लेख गरीएको भएपनि प्रदेश ५ मा सुनछहारी बाहेक सबै स्थानीय तहमा बाणिज्य बैकको शाखा पुगेको नेपाल राष्ट बैकको सिद्धार्थनगर शाखाले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र ४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्