स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रोमाञ्चक जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रोमाञ्चक जित

काठमाडौं , स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ।

 

गएराति रियाद एयर मेट्रोपोलिटानोमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली एट्लेटिको मड्रिडविरुद्ध सनसनीपूर्ण जित निकालेको हो। पहिलो हाफको अन्तिम मिनेटमा जुलियन अल्भारेजको गोलबाट एट्लेटिको मड्रिडले अग्रता लिएको थियो।

 

पहिलो हाफमा १–० ले अग्रता बनाएको एट्लेटिकोले ७०औँ मिनेटमा अलेक्जेण्डर सोर्लोथको गोलबाट अग्रता दोब्बर बनायो। त्यसपछि भने बार्सिलोना नाटकीय रुपमा खेलमा फर्कियो। ७२औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै गोलअन्तर २–१ मा ल्याए।

 

७८औँ मिनेटमा फेरान टोरेसले गोल थपे र खेलमा २–२ को बराबरी गरे। इन्जुरी समयमा लामिन यामलले गोल थपेपछि ३–२ गोलको अग्रता बनाउन सफल बार्सिलानाका लागि टोरेसले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेर ४–२ गोलअन्तरको जित निकाले।

 

यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा फर्किएको छ। उसले २७ खेलबाट ६० अंक जोड्दा २८ खेलबाट समान ६० अंक भएको रियल मड्रिड दोस्रो स्थानमा झ¥यो। बार्सिलोनासँग पराजित भएको एट्लेटिको भने २८ खेलबाट ५६ अंकसहित तेस्रो स्थानमा छ।

प्रकाशित मिति : सोमबार, चैत्र ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij