अमेरिकाले यमनको हुथी विद्रोही समूहविरुद्ध गरेको शक्तिशाली आक्रमणमा ५३ जनाको मृत्यु भएको छ।
हुथी समूहले सञ्चालन गरेको सवास्थ्य मन्त्रालयले ५ बालबालिकासहित ५३ जनाको मृत्यु भएको र कयौँ मानिस घाइते भएको जनाएको छ। इरान समर्थित हुथी विद्रोही समूहका नेता अब्दुल मलिक अल(हुथीले अमेरिकाले आक्रमण जारी राख्दासम्म लाल सागरमा अमेरिकी जहाज लक्षित आक्रमण पनि जारी रहने चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा अमेरिकी मालबाहक जहाज लक्षित आक्रमणको बदलामा हुथीविरुद्ध शक्तिशाली र निर्णायक आक्रमण शुरु गरिएको बताएका थिए। यसलगत्तै अमेरिकाले यमनको सनासहित उत्तर–पश्चिमी क्षेत्रमा लगातार शक्तिशाली हवाइ आक्रमण जारी राखेको छ।
हुथी समूहले इजरायलले गाजामा आक्रमण सुरु गरेदेखि नै पश्चिमा देशका मालबाहक पानी जहाज लक्षित गरेर लाल सागरमा निरन्तर आक्रमण गर्दै आएको छ। आक्रमणबाट अमेरिकाको अर्बौँ डलर बराबरको नोक्सानी भएको ट्रम्पको दाबी छ ।
प्रकाशित मिति : सोमबार, चैत्र ४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्