पूर्वविशिष्ट पदाधिकारीले पाइरहेकै सुविधालाई कानून बनाएर व्यवस्थित गर्न खोजेका हाैँ : गृहमन्त्री

पूर्वविशिष्ट पदाधिकारीले पाइरहेकै सुविधालाई कानून बनाएर व्यवस्थित गर्न खोजेका हाैँ : गृहमन्त्री

???????????? ?????? ???? ????? ???? ????????, ?? ?????? ?????? ???? ??? ?????????????? ??????? ????? ???????????? ?????? ??????? ?????? ?????? ?????????? ?????? ????? ???? ???? ? ??????? ????????? ????÷????

काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीहरूले अहिले पाइरहेकै सुविधालाई सरकारले कानून बनाएर व्यवस्थित गर्न खोजेको बताउनुभएको छ ।

पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीलगायत पूर्वविशिष्ट पदाधिकारीहरूलाई सुविधा दिन सरकारले कानूनको मस्यौदा तयार गरिरहेका विषयमा आज प्रतिनिधिसभाकाे बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले नयाँ सुविधा दिने तयारी नभएको बताउनुभयो ।

गृहमन्त्रीले पूर्वविशिष्ट पदाधिकारीहरूलाई सेवा सुविधा दिनका लागि अहिले कुनै कानूनी व्यवस्था नरहेको, अदालत, महालेखापरीक्षकको कार्यालय र संसदीय समितिहरूले समेत कानून बनाएर सेवा सुविधा उपलब्ध गराउन सुझाव दिएका कारण यो कानून बनाउन लागिएको बताउनुभयो । पूर्वविशिष्टहरूलाई सुविधा दिँदा राज्यलाई अनावश्यक आर्थिक भार नपरोस् भन्ने विषयमा सरकार सचेत रहेको उहाँले उल्लेख गर्नुभयाे ।

कानूनको मस्यौदा तयार गरेर संसदमा पेश गर्दैगर्दा नागरिक स्वीकार्यता र राज्यको आर्थिक अवस्थाका बीचमा सन्तुलन हुने कुरालाई सरकारले ध्यानमा राख्ने गृहमन्त्री लेखकाे भनाइ छ ।

प्रकाशित मिति : सोमबार, चैत्र ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij