जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गर्नुभएको छ ।
मुख्यमन्त्री सिंहले आज पत्रकार सम्मेलन गरेर एसईई प्रक्रियामा सामेल नहुने घोषणा गर्नुभएको हो । केन्द्राध्यक्ष चयन प्रक्रिया आफूले भनेअनुसार नगरिएको उहाँको आरोप छ । उहाँले सङ्घ, प्रदेश र पालिकाबीचको सहकार्य, समन्वय र सहअस्तित्व भविष्यमा सुदृढ हुने अपेक्षा गर्दै यस पटकको एसईई प्रक्रियामा प्रदेश सरकार सामेल नहुने जानकारी दिनुभयो ।
मुख्यमन्त्री सिंहले मधेशका आठै जिल्लाका परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको भेला बोलाएर गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्न आदेश दिनुभएको थियो । तर त्यस विपरीत केन्द्राध्यक्ष छानिएको भन्दै उहाँको असन्तुष्टि थियो ।
मुख्यमन्त्री सिंहले प्रदेशको निर्देशन विपरीत केन्द्राध्यक्ष तोकिएको विषयमा छानबिन गरी परीक्षा प्रणालीलाई मयार्दित बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र ५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्