काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राजसंस्था फर्काउनको लागि आन्दोलन गर्ने निर्णय गरेको छ। मंगलबार सम्पन्न कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिएका हुन् ।
आन्दोलनको कार्यक्रम तय गर्नका लागि चैत १२ गते मूल आयोजक समितिको बैठक बोलाइएको छ। सोही बैठकले आन्दोलन कार्यक्रम घोषणा गर्ने उनको भनाइ छ। चैत १२ गतेको बैठकमा धवलशमशेर राणा नेतृत्वको आन्दोलन परिचालन समितिले आन्दोलन सम्बन्धी कार्ययोजना पेस गर्नेछ।
दरबारले नवराज सुबेदीलाई आन्दोलनको कमाण्डर बनाएको चर्चा छ नि भन्ने प्रश्नमा प्रवक्ता ज्ञानबहादुर शाहीले भने, ‘कसले भनेको ? चिठीपत्र कसैले फेला पार्नुभएको छ ? अडियो, भिडियो छ ? त्यस्तो छ भने पनि मेरो जानकारीमा छैन । राप्रपालाई थाहा छैन । म त्यो समितिमा बस्दिनँ भनिसकेको छु ।’
यद्यपि, जुनसुकै शक्तिले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दा राप्रपा खुसी हुने लिङ्देनले बताएको उनको भनाइ छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र ५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्