रुपन्देहीको सुद्धोधन गाउँपालिका ३ रमुवापुरस्थित यज्ञोदय दुधनाथ थारु बहमुखि क्याम्पसमा नेपाल बिद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।
आदेश रानाको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको नेविसंघको टिमले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन ९अनेरास्ववियु०, अनेरास्वविय क्रान्तिकारी र अनेरास्वविय समाजवादीको सम्युक्त टिमलाई पराजित गर्दै नेविसंघको प्यानल नै विजयी भएको हो ।
नेविसंघका आदेश रानाले ३ सय १५ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा नेविसंघकै रम्भा थाुरुले ३ सय ९ मत ल्याएर विजयी भईन भने कोषाध्यक्षमा ३ सय २३ मत ल्याएर माधवकुमार कंडेल निर्वाचित भएको निर्वाचन अधिकृत भीमप्रसाद सापकोटाले जानकारी दिए ।
सम्युक्त प्यानलकी साझा उम्मेदवार अञ्जिता चौधरीले १ सय ४४ मत प्राप्त गरेको भएको निर्वाचन अधिकृत सापकोटाले जानकारी दिनुभयो ।
५ सय ५० मतदाता रहेको यज्ञोदयमा ४ सय ६७ मत खसेको सोपकोटाले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, चैत्र ५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्