एकीकृत समाजवादी रुपन्देहीको जिल्ला अधिवेशन चैत ९ र १० गते

एकीकृत समाजवादी रुपन्देहीको जिल्ला अधिवेशन चैत ९ र १० गते

 

नेपाल कम्युनिस्ट पार्टी {एकीकृत समाजवादी} रुपन्देही जिल्ला कमिटीले आसन्न जिल्ला अधिवेशनका लागि तयारी अन्तिम चरणमा पुगेको बताएको छ। पार्टीको संगठनात्मक सुदृढीकरण र विधानअनुसारको संरचना निर्माणका लागि रुपन्देहीसहित विभिन्न जिल्लाहरूमा अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको जनाएको छ। पार्टीले अधिवेशनको बारेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी रूपन्देहीले दशौँ जिल्ला अधिवेशन यही चैत ९ र १० गते बुटवलमा सम्पन्न गर्ने भएको नेकपा एकिकृत समाजवादी रुपन्देहीका इन्चार्ज तथा पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडेले बताए ।

पार्टीको रुपन्देही जिल्ला कमिटीका अनुसार जिल्ला अधिवेशनका प्रतिनिधिहरू चयन प्रक्रिया पूर्ण भइसकेको छ। जिल्ला अधिवेशन प्रतिनिधि चयनका क्रममा लोकतान्त्रिक अभ्यासलाई अपनाइएको पार्टीको दाबी छ। पार्टीका अनुसार प्रतिनिधिहरूको समावेशी सहभागिता सुनिश्चित गर्न दलित समुदायका १०।१ प्रतिशत, मुस्लिम समुदायका १०।१ प्रतिशत सदस्यहरूलाई स्थान दिइएको छ। महिलाको प्रतिनिधित्व २० प्रतिशत रहेको छ भने युवा वर्गको सहभागिता ४० प्रतिशत रहेको छ।
अधिवेशनका लागि पाँच निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू छानिएका छन्, जसमा कुल १ सय २८ जना सहभागी छन्।
उद्घाटनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल आउने कार्यक्रम तय भए विदेश भ्रमणमा रहेकाले सम्मानित नेता नेता झलनाथ खनाल वा महासचिव घनश्याम भुसाल मध्य एक जनाले अधिवेशनको उद्ध्घाटन गर्ने नेकपा एकीकृत समाजवादी रुपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादवले बताए ।
यादवले पत्रकार सम्मेलनमार्फत अधिवेशनलाई सफल बनाउन आग्रह समेत गर्नुभएको छ।

प्रकाशित मिति : बिहिबार, चैत्र ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij