तिलोत्तमा, नेपाली कांग्रेस तिलोत्तमा वडा नं तीन को वडा भेला सम्पन्न भएको छ।
नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापति एवं तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेपाली कांग्रेस बलियो बनाउन पाटीका नेता कार्यकर्ता लाई चलायमान बनाउनुपर्ने धारणा राख्नुभयो। उहाँले निर्वाचनका बेला मात्र नभई हरेक समयमा पाटीले टोल, वडा तहदेखि जिल्लाका विभिन्न निकायमा छलफलका कार्यक्रम राख्नु पर्ने र त्यसरी छलफलबाट आएका निश्कर्ष का आधारमा आफ्नो गतिबिधि संचालन गर्नुपर्ने बताउनुभयो।
कार्यक्रमका सभापती एवं नेपाली कांग्रेस तिलोत्तमा वडा नं तीन का सभापति केशरी पाण्डे ले गत बर्षको बार्षिक कार्यप्रगति एवं आगामी बर्षको भावी कार्ययोजना प्रस्तुत गर्नु भयेको थियो। त्यसैगरी वडा नं तीन का कोषाध्यक्ष राजु प्रसाद उपाध्यायले बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयेको थियो।
कार्यक्रममा महासमिति सदस्य चित्र बहादुर केसी ले पाटीलाई कमजोर बनाउन लाग्ने केही व्यक्तिका कारण पाटीले क्षती ब्यहोर्नु परेको स्मरण गर्दै पाटिमा कामको मूल्यांकन गर्नुपर्ने बताउनुभयो । सो अबसरमा नगर सभापति हरिलाल पाण्डेले हरेक जिल्लामा जिल्ला,नगर तथा वडा सम्मेलन गर्ने , क्रियाशिल सदस्यता नबिकरण लाई महत्वपुर्ण स्थान दिने सर्कुलर अनुसार यो कार्यक्रम भएको र रुपन्देही जिल्लाभरीका वडाहरु मध्ये भरिमा वडा नं तीन कार्यसम्पादनका आधारमा प्रथम हुन सफल भएको भन्दै बधाई तथा शुभकामना दिनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं तीन का वडाध्यक्ष एवं नेपाली कांग्रेसका नगर उपसभापति कल्याण प्रसाद पौडेल,नेपाली कांग्रेस यातायात ब्यवस्थापन बिभागका केन्दिय सदस्य प्रकाश कुमार नेपाल , सोमनाथ सुवेदी , बासुदेव भण्डारी, चुडाकुमारी बिष्ट लगायतले आ आफ्ना भनाई राख्नुभएको थियो।
सो अबसरमा पाटीबाट बिभिन्न तह र तप्कामा प्रतिनिधित्व गर्ने एवं पाटीलाई सहयोग पुर्याउने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो।
वडामा रहेका करिब तीनसय नेताकार्यकर्ता उपस्थित कार्यक्रममा वडा समितिका उपाध्यक्ष पदम बहादुर पौडेलको स्वागत तथा नेपाली कांग्रेस तिलोत्तमा वडा नं तीन का सचिव दिनेशमणी सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति : बिहिबार, चैत्र ७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्