JanataToday.com

Advertisment

SKIP THIS

लुम्बिनी प्रादेशिक अस्पतालमा इन्डोस्कोपीका लागि अब महिनौं पालो कुर्नु नपर्ने

लुम्बिनी प्रादेशिक अस्पतालमा इन्डोस्कोपीका लागि अब महिनौं पालो कुर्नु नपर्ने

बुटवल- रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले इण्डोस्कोपी सेवाका लागि महिनौ पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गरेको छ । अस्पतालमा इन्डोस्कोपीका लागि महिनौ पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्दै आइतबारदेखि दैनिक रुपमा नै यो सेवा उपलब्ध गराउने तयारी भएको इसीजी÷इण्डोस्कोपी विभाग प्रमुख भेषराज बन्जाडेले जानकारी दिए ।

‘विगतमा इन्डोस्कोपीका लागि ३ महिना लामो समय कुर्नुपर्ने अवस्था थियो । उक्त संख्या र समयावधिलाई घटाउँदै दुई महिना, एक महिना हुँदै अब एकै दिनमा सेवा उपलब्ध गराउने गरी तयारीमा पुगेका छौं’बन्जाडेले भने–‘सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद पनि लामो र कठोर प्रयासपछि नै हामी यो सफलतामा पुग्न सकेका हौं ।’

इन्डोस्कोपी सेवाका लागि आइतबार, मंगलबार र बिहीबार ३ दिन समय छुट्याउँदै आएकोमा अब दैनिक रुपमा नै यो सेवा उपलब्ध गराइने उनले बताए । अस्पतालमा रहेको तीनवटा इन्डोस्कोपी मेसिनबाट अब दैनिक ३० देखि ५० जनासम्मलाई यो सेवा उपलब्ध गराइनेछ । एउटा मेशिनबाट दैनिक १० जनासम्मलाई सेवा उपलब्ध गराउन सकिने उनी बताउँछन्।

इन्डोस्कोपीबाट शरीरका विभिन्न भित्री अंगहरुमा भएका घाउ तथा रोगहरु पत्ता लगाउने गरिन्छ । इन्डोस्कोपी गर्दा शरीरमा एउटा पातलो नली हालिन्छ जसमा इन्डोस्कोप क्यामरा राखिएको हुन्छ । यो क्यामराले शरिरको आन्तरिक अंगको तस्बिर खिच्ने गर्छ जुन सिधा मोनिटरमा देख्न सकिन्छ । यसको अर्थ यो हो कि इन्डोस्कोपीको अर्थ शरीरभित्रका अंगको परीक्षण गर्नु हो । जब शरीरभित्र कुनै समस्या वा संक्रमण हुन्छ तब विभिन्न लक्षण देखिने गर्छ जुन सतहमा हेर्दा डाक्टरले बुझ्न सक्दैनन् । त्यसकारण इन्डोस्कोपीको आवश्यक पर्छ ।

साधारणतया नाकको समस्या वा साइनस, गलाको समस्या, यदि कसैलाई खाने कुरा निल्न समस्या भएमा, बान्ता गर्दा रगत देखिएमा, आन्द्रा सुन्निए वा पीडा हुँदा, कब्जियतबाट ग्रसित हुँदा, पित्तथैलीमा पत्थरी हुँदा, पेटको अल्सर हुँदा, गर्भाशयको जाँचका लागि, पिसाबबाट रगत आउँदा, दिसाबाट रगत आउँदा, गर्भावस्थामा भ्रुण जाँच, गम्भीर शल्यक्रिया अघि तथा कानको रोगका लागि इन्डोस्कोपी गर्ने गरिन्छ ।

यसैबीच अस्पतालमा क्रोनोस्कोपी सेवालाई पनि थप सहज बनाउँदै लगिने विभाग प्रमुख बन्जाडेले जानकारी दिए । क्रोनोस्कोपीका लागि इन्डोस्कोपीभन्दा लामो समय लाग्ने भएकाले यसका लागि पालो कुर्नुपर्ने सेवाग्राहीको संख्या तथा कुर्नुपर्ने समयावधि घटाउन केही समय लाग्ने उनले बताए ।

पेटमा समस्या भएमा, क्यान्सरको पारिवारिक इतिहास परीक्षण, क्यान्सर पत्ता लगाउन तथा त्यसको निगरानी गर्न, ठूलो आन्द्रामा भएको मासु पत्ता लगाउन र हटाउन तथा शल्यक्रियापछिको निगरानीका लागि क्रोनोस्कोपी गर्ने गरिन्छ ।

अस्पतालमा सेवालाई सहज बनाउन अस्पताल प्रशासनले हरसम्भव प्रयासहरुलाई जारी राखेको बताउँदै मेडिकल सुपरीटेण्डेण्ट डा। इन्द्र ढकालले धेरै सुधारका कामहरु भएको दावी गरे । सोही अन्तरगत इन्डोस्कोपीका लागि महिनौ पालो कुर्नुपर्ने बाध्यताको अन्त्य गरिएको उनले बताए । उनले त्यसका लागि अतिरिक्त शुल्क समेत नलाग्ने र पहिलेकै शुल्कदरमा सेवा लिन सकिने जानकारी दिए । डा। ढकालले लुम्बिनी प्रदेश आपूर्ति केन्द्रको सहयोगमा इन्डोस्कोपी मेशिनको व्यवस्था गरी एकै दिनमा सेवा उपलब्ध गराउन थालिएको जानकारी दिए ।

सीमित स्रोतसाधनका बाबजुद पनि अस्पताल परिवारको मिहिनेत र लगनशिलताले नै एकपछि अर्को सफलता प्राप्त हुँदै गएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए ।

प्रकाशित मिति : शनिबार, चैत्र ९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij