भैरहवा, रुपन्देहीको भैरहवामा उर्जा प्रभावकारी भवन डिजाइनसम्बन्धि तीनदिने कार्यदक्षता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सोसाईटी अफ नेपलीज आर्किटेक्स् ९सोना० ले बिल्डिङ इनर्जी इफीसेन्सी इन नेपाल ९बीन० परियोजनाको सहयोगमा भवन निर्माण तथा डिजाइनको क्षेत्रमा कार्यरत आर्किटेक र इन्जिनियरहरुका लागि तालिम आयोजना गरेको थियो । बिहीबारदेखि शनिबारसम्म सञ्चालित तालिममा १८ जनाको सहभागीता रहेको आर्किटेक प्रभा पाण्डेले जानकारी दिइन् ।
तालिमको समापन कार्यक्रममा सोनाका महासचिव आर्किटेक अर्जुन बस्नेतले ९ वटा तालिममध्ये यो तालिम अझ उत्कृष्ट भएको पाएको बताए । उनले सोनाले आर्किटेकको हकहितमा काम गर्दै आएको बताए ।
‘साँस्कृतिक सम्पदाको संरक्षणमा हाम्रो विशेष भूमिका छ, उनले भने भवनको डिजाइन आर्किटेकले गर्नुपर्छ’उनले भने–‘नेपालमा सबै ठाउँ आर्किटेक पुग्न सकेको अवस्था छैन ।’
महासचिव बस्नेतले नीतिगत कारणले अधिकांश स्थानीय तहमा आर्किटेकको दरबन्दी नरहेको बताए । ‘आर्किटेकले भवन डिजाइन गर्ने हो’उनले भने–‘बजेट सुहाउँदो, वातावरणमैत्री तथा भुगोल अनुसार भवन निर्माण गर्नुपर्छ ।’ कार्बन उत्सर्जन घटाउनुपर्ने उनको भनाइ छ । भवन निर्माण क्षेत्रलाई अझ जिम्मेवार बनाउनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै बीन परियोजनाकी सिनियर आर्किटेक दिव्या आचार्यले युरोपियन युनियनको स्वीच एसिया प्रोग्राम अन्तर्गत बीन परियोजना सञ्चालित रहेको बताइन् । उनले भवन निर्माण तथा डिजाइनसम्बन्धी कार्यमा संलग्न प्राविधिक जनशक्तिलाई तालिम प्रदान गरिदै आएको बताइन् । परियोजनाले गण्डकी, लुम्बिनी र बागमती प्रदेशको ६० वटा स्थानीय तहमा काम गर्दै आएको उनले जानकारी दिइन् । उनका अनुसार हालसम्म १११ जना आर्किटेक र ९९ जना सिभिल इन्जिनियर गरी २१० जना तालिममा सहभागी भइसकेका छन् । बीनले सोनासँग सहकार्य गर्दै परियोजना समापन पश्चात पनि सहकार्य गर्दै जाने उनको भनाइ छ ।
तालिममा सहभागीकोतर्फबाट इन्जिनियर सुदीप ढकालले बीन परियोजनालाई धन्यवाद दिदै तालिमले भवन निर्माण तथा डिजाइन क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताए ।
सोनाका महासचिव आर्किटेक अर्जुन बस्नेतको अध्यक्षता, बीन परियोजनाकी सिनियर आर्किटेक दिव्या आचार्य तथा आर्किटेक निराज कुँवरको सञ्चालनमा तालिम समापन कार्यक्रम भएको थियो ।
प्रकाशित मिति : सोमबार, चैत्र ११ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्