सङ्क्रमणकालीन न्यायका लागि पुनः सिफारिश समिति बनाउन शीर्ष नेता सहमत

सङ्क्रमणकालीन न्यायका लागि पुनः सिफारिश समिति बनाउन शीर्ष नेता सहमत

काठमाण्डाै – प्रमुख दलका तीन शीर्ष नेता सङ्क्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन फेरि सिफारिश समिति गठन गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा केहीबेरअघि भएको शीर्ष नेतृत्वको छलफलले सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई वटा आयोगमा पदाधिकारी सिफारिश गर्ने समिति गठनको प्रक्रिया अघि बढाउने सहमति गरेको बैठकपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिनुभयो ।

यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठन भएकाे यस्तै समितिले कुनै पनि पदाधिकारीको नाम सिफारिश गर्न सकेको थिएन । समितिको म्याद सकिएपछि सङ्क्रमणकालीन न्यायको प्रक्रिया अवरुद्ध भएकाे थियो ।

सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्थ्यो । यस्तै छलफलमा गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत र खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेल पनि छलफलमा सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : सोमबार, चैत्र ११ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij