JanataToday.com

Advertisment

SKIP THIS

दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सलाई पराजित

दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सलाई पराजित

काठमाडौं ,
आशुतोष शर्माको अर्धशतकमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सलाई पराजित गरेको छ।

गएराति विशाखापट्टनममा सम्पन्न खेलमा २१० रनको लक्ष्य पछ्याउँदै दिल्लीले खराब सुरुवात गरेपनि खेल भने एक विकेटले जितेको छ। ज्याक फ्रेजर म्याकगर्क, अभिषेक पोरेल र समीर रिजवी आउट भएपछि दिल्ली संकटमा परेको थियो।

सुरुवाती ओभरमा तीन विकेट गुमाएको दिल्ली क्यापिटल्सलाई राम्रो साझेदारीको आवश्यकता थियो। पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका अक्षर पटेलले चौथो विकेटका लागि फाफ डुप्लेसिससँग ४३ रनको साझेदारी गरे।

कप्तान पटेलले २२ र डुप्लेसिसले २९ रन बनाएर आउट भएका थिए। त्यसपछि, ट्रिस्टन स्टब्स र आशुतोष शर्माले जिम्मेवारी सम्हाले। दुवैले दिल्लीको जितमा महत्वपूर्ण भूमिका निभाए। स्टब्स २२ बलमा ३४ रन बनाएर आउट भए भने आशुतोष ६६ रनमा अविजित रहे। उनी अन्त्यसम्म खेल्दै दिल्लीको जित सुनिश्चित गरेका थिए। उनीहरू बाहेक दिल्लीका लागि विप्रज निगमले ३९, मिचेल स्टार्कले दुई, कुलदीप यादवले पाँच र मोहित शर्माले एक रन बनाए।

लखनउका लागि शार्दुल ठाकुर, मनिमरण सिद्धार्थ, दिग्वेश राठी र रवि बिश्नोईले दुई–दुई विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गर्दै लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रन बनाको थियो। लखनउका लागि निकोलस पुरनले ७५ र मिचेल मार्शले ७२ रन बनाए।

त्यस्तै डेभिड मिलरले २७ रन बनाए। आईपीएल मेगा लिलामीमा अहिलेसम्मकै सर्वाधिक २७ करोडमा लखनउ पुगेका ऋषभ पन्त ६ बल खेलेपछि शून्य रनमा आउट भए।

त्यस्तै दिल्लीका बलर मिचेल स्टार्कले ३ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए।

प्रतियोगिता अन्तरगत आज गुजरात टाइटन्स र पञ्जाव किंस्सबीच खेल हुनेछ।

प्रकाशित मिति : मंगलबार, चैत्र १२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij