काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ मन्त्रिपरिषद् बैठकको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएका छन्।
सरकारबाट पदमुक्त भएको पत्र पाएको खण्डमा र समय भएसम्म मंगलबार नै आफू अदालत जाने तयारीमा रहेको घिसिङले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊिर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा घिसिङलाई हटाउने निर्णय गरेको थियोे । यद्यपि मन्त्रिपरिषद्कोे निर्णयबारे सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले आधिकारिक निर्णय सार्वजनिक गरेका छैनन्।
साढे चार महिना मात्र कार्यकाल बाँकी रहेका घिसिङलाई हटाएर सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।
ऊर्जामन्त्री खड्का र कार्यकारी निर्देशक घिसिङबीच विगत ९ महिनादेखि टकराव थियो। सरकारले घिसिङलाई कार्यसम्पादनलगायतका विषयमा स्पष्टीकरण मागेको थियो । घिसिङको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रिपरिषद्ले पदमुक्त गरेको हो।
प्रकाशित मिति : मंगलबार, चैत्र १२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्