प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छः सभापति देउवा

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छः सभापति देउवा

काठमाडौं :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण समर्थन रहेको बताएका छन्।

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको त्यही बेलादेखिको साथी भएको बताए। उनले आफूहरूबीच राजनीति फरक ठाउँमा रहे पनि मित्रवत् भावना रहेको बताए।

सभापति देउवाले भने, ‘ओलीजी र हाम्रो पार्टीको बीचमा सहमति भएको छ। उहाँ र म जेलमा सँगै बसेको हो। उहाँ त जेल भित्रको पनि जेलमा बस्नुभएको हो। हाम्रो राजनीति आफ्नो ठाउँमा छ। हामी जेलमेट भएको कारणले हामीसँगको सम्बन्ध पनि राम्रो छ। हामीबीचको सम्बन्ध राम्रो भइरहेको छ, अब पनि राम्रो सम्बन्ध भएर जानेमा दुई मत छैन। कांग्रेसको पूर्ण समर्थन छ।’

सभापति देउवाले स्व. गिरिजाप्रसाद कोइराला निडर व्यक्ति रहेको बताए।

प्रकाशित मिति : मंगलबार, चैत्र १२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij