इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

सुनसरी – इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान साढे ९ बजे शुरू भएको आगलागी झन्डै ६ घण्टापछि नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम्र प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार आगो निभाउन विभिन्न पालिकाका १२ वटा दमकल तथा झन्डै तीन सय जनाको सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो । भवन ठूलो भएकाले आगो निभाउन बढी समय लागेको उहाँले बताउनुभयो ।

के कारणले आगो लागेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाण्डौबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । आगलागी भएको भवनबाट ११ जनाको उद्धार भएको थियो ।

प्रहरी नायव उपरीक्षक खतिवडाका अनुसार उद्धार गरिएकाहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : बुधबार, चैत्र १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij