काठमाण्डाै – काठमाण्डाै उपत्यकामा गणतन्त्रवादी र राजावादीकाे प्रदर्शन शुरू भएकाे छ । गणतन्त्रका पक्षमा समाजवादी माेर्चा नेपालकाे काठमाण्डाैकाे प्रदर्शनीमार्ग र राजतन्त्र पक्षधरहरूकाे नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन शुरू भएकाे छ ।
प्रदर्शन शुरू हुनुअघि दुवै पक्षले काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँबाट र्याली र जुलुस निकालेका छन् । दुवै पक्षकाे प्रदर्शनलाई मध्यनजर गर्दै काठमाण्डाै उपत्यकाकाे सुरक्षा व्यवस्था चुस्त बनाएकाे नेपाल प्रहरीले जनाएकाे छ ।
प्रहरीले विशेषगरी तीनकुने–बानेश्वर सडकमा कडाइ गरेकाे छ । यस्तै गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा गाडी चलाउन राेक लगाइएकाे छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले उपत्यकाका प्रमुख चोकहरूमा प्रहरीको बाक्लो तैनाथी रहेकाे र भैपरी आउने परिस्थितिका लागि आवश्यक सङ्ख्यामा प्रहरी तम्तयार रहेको बताउनुभयो
प्रकाशित मिति : शुक्रबार, चैत्र १५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्