तीनकुने घटनामा आयाेजक नै जिम्मेवार : गृह मन्त्रालय

तीनकुने घटनामा आयाेजक नै जिम्मेवार : गृह मन्त्रालय

झडपमा एकजनाको मृत्यु‚ १५ जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते

काठमाडौँ : गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटका लागि गरिएको आन्दोलन भएको आरोप लगाउँदै आन्दोलनकारीले गरेको क्षतिको जिम्मेवारी दुर्गा प्रसाईँले लिनुपर्ने जनाएको छ।

 

शुक्रवार साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नगरिएकाले आगामि दिनमा सरकार संयमित भएर नबस्ने चेतावनीसमेत दिए।

उनका अनुसार राजावादीको तीनकुने आन्दोलनमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना सुरक्षाकर्मीसहित ३० जना घाइते भएका छन्। भौतिक क्षतिको पूर्ण विवरण आइनसकेको र संकलनको कार्य भइरहेको समेत उनले बताए।

उनले राजावादीको हिंसात्मक आन्दोलनका क्रममा भएको क्षतिको जिम्मेवार व्यवसायी दुर्गा प्रसाईं रहेको बताए।  आन्दोलनको नेतृत्व लिएका कारण घटनाप्रति प्रसाईं जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।

‘हामीलाई प्राप्त जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गरेको हुनाले मूलभूत रुपमा उहाँ नै आजका यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ र आज जति पनि क्षति भएको छ‚ यो क्षतिको पूर्ण जिम्मेवारी पनि आयोजकको तर्फबाट उहाँले लिनुपर्छ‚’ उनले भने, ‘मान्छेहरु तत्काल पक्राउ पर्लान् र छुटिहाल्छन् भन्ने स्थिति छैन। अहिलेसम्म प्राप्त विवरणअनुसार १५ जना सुरक्षाकर्मी घाइते हुनुभएको छ। प्रदर्शनकारीको तर्फबाट समेत १५ जना घाइते हुनु भएको छ। भौतिक क्षतिको पूर्ण विवरण आइसकेको छैन।’

उनले हिंसात्मक र लुटपाटमा संलग्न जोसुकै भए पनि कानूनी दायरामा ल्याइने बताए।

‘तीनकुने क्षेत्रमा धेरै व्यक्तिहरुको घरमा ढुंगामुडा भएको छ। केही सरकारी सवारीसाधनमा समेत आगजनी भएको छ। जडिबुटिमा रहेको जडिबुटी प्रशोधन केन्द्रको कम्पनीमा पनि आगजनी भएको छ‚’ उनले भने, ‘यो एकदमै अमर्यादित र अमानवीय कार्य हो। यस्तै भएको अवस्थामा सरकार आगामि दिनमा संयमित भएर बस्दैन।’

व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानूनी तथा घोर भर्त्सनायोग्य भएको भन्दै मन्त्रालयले हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजक नै पूर्ण रुपमा जिम्मेवार रहेको जनाएको छ।

 

 

 

प्रकाशित मिति : शुक्रबार, चैत्र १५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij