ज्ञानेन्द्र शाह सुध्रिने स्वभावकै मानिस होइनन्: कांग्रेस सभापति देउवा

ज्ञानेन्द्र शाह सुध्रिने स्वभावकै मानिस होइनन्: कांग्रेस सभापति देउवा

रुपन्देही , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार तीनकुनेमा उपद्रव मच्चाउनेहरूका नाइके ज्ञानेन्द्र शाह नै भएको बताएका छन्।

शनिबार लुम्बिनीमा नेपाली लेखक संघको आठौँ महाधिवेशन उद्घाटन समारोहमा देउवाले शाह सुध्रिने स्वभावकै मानिस नभएको टिप्पणी गरेका छन् ।

‘पूर्वराजा ज्ञानेन्द्रका नाममा हिजो जसरी हुलहुज्जत र अराजकता निम्त्याउने काम भयो, त्यसले ज्ञानेन्द्र अहिल्यै यस्तो गर्छन् भने राजा भएपछि के गर्लान् भन्ने स्पष्ट भइसकेको छ,’ देउवाले भने, ‘ज्ञानेन्द्र कहिल्यै सुध्रिँदैनन्, उनी सुध्रिने मानिस होइनन्। उनले थपे, ‘उनी कहिल्यै राजा बन्ने स्वभावका पनि होइनन्।’ यस क्रममा देउवाले लेखक, पत्रकारहरूलाई लोकतान्त्रिक गणतन्त्रका पक्षमा खुलेर कलम चलाउन आह्वान पनि गरे।

शुक्रबार तीनकुनेमा राजावादी नाममा उद्दण्ड जत्थाले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगजनीका साथै औषधि कारखाना र सञ्चारगृहमा समेत तोडफोड गरेका थिए । व्यापारिक केन्द्रमा पसेर उनीहरूले लुटपाट पनि गरेका थिए।

विसं २०५८ मा दोस्रोपटक प्रधानमन्त्री बनेका देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले नै निर्वाचन गराउन अक्षम भएको आरोप लगाउँदै २०५९ असोज १८ गते पदबाट बर्खास्त गरेका थिए।

त्यसको २ वर्षपछि २०६१ सालमा फेरि प्रधानमन्त्रीमा नियुक्त गरिए पनि ज्ञानेन्द्रले २०६१ माघ १९ गते शासन सत्ता हातमा लिँदै देउवालाई पदबाट हटाउँदै नजरबन्दमा राखेका थिए।

प्रकाशित मिति : शनिबार, चैत्र १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij