काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा भएको घटनामा संलग्न जो सुकै भएपनि कारवाही गर्ने प्रष्ट पारेका छन् ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले घटनाका संलग्नहरुलाई कडा प्रशासनिक कारवाही हुने बताएका हुन् । उनले कार्यक्रममा कथित जनकमाण्डरले प्रहरीमाथि गाडि चलाएको बताए ।
ओलीले आपराधिक घटनामा संलग्न पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताए । उनले घटनाबारे आफ्नो धारणा बाहिर ल्याउनु पर्दैन भन्दै ज्ञानेन्द्रलाई प्रश्न गरे । ‘आपराधिक घटनामा संलग्न कसैले उन्मुक्ति पाउँदैन। यसमा पूर्वराजाले पनि पाउनुहुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्षाहन गर्ने जनकमाण्डर, इतिहासले कुनमा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजन लुटपाट गर्ने व्यक्ति चुपचाप कसरी हुनसक्छ।’ उनले भने ।
प्रकाशित मिति : सोमबार, चैत्र १८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्